माडी– माडीमा साना किसान कृषि सहकारी संस्था लिमिटेड तथा विभिन्न एग्रोफार्म मार्फत लिइ किसानहरूले रोपेको धानको विजोग भएको छ । केही किसानहरूले रोपेको हाईब्रिड धान पाक्ने समय भइसक्दा पनि धानको बाला लागेको छैनभने केहिको एउटै जातको धानपनि खेतमा दुई तिहाई भागमा पसाएको छ भने बाँकि अझै पसाएको छैन ।
माडी नगरपालिका वडा नं ५ का किसान टेकनारायण काफ्लेले ७ कठ्ठामा रोप्नुभएको वारको धान आधा पसाएको छ भने आधा अझै बाला लागेको छैन । त्यस्तै, यमुना चापागाँइ र लुमादेवि पौडेलले करिब १०र१० कठ्ठा जमिनमा रोप्नुभएको सावित्री धान आधा भागमा पाक्न सुरू गरेको छ भने आधा अझै पसाएको छैन । त्यस्तैगरि, विश्नुमाया चापागाईंले १५ कठ्ठामा राधाचार रोप्नुभएकोमा ९० प्रतिशत भागमा धान पाक्न सुरू गरेको छ भने बाँकि १० प्रतिशत भाग डढेको छ ।
नाम नबताउने सर्तमा एकजना किसानले भन्नुभयो “अघिल्ला वर्षहरूमा १० कठ्ठामा २० क्विन्टल धान फलाएर आधा बिक्रि गरि ५ जनाको परिवार पाल्दै आएको थिएँ । अहिले २० पाथि समेत धान फल्न धौधौ देखिएको छ अब कसरी गुजारा गर्ने हो थाहा छैन ।“
उहाँले धानको बीउ बिक्री गर्ने एग्रो फार्मलाई कारबाही गर्नुपर्ने र आँफुजस्तै धानको विजोग भएका किसानहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।
प्रभावित माडीका किसानहरूले क्षतिपूर्तिका लागि सम्बन्धित वडा कार्यालयहरुमा उजुरी समेत दिन थालेका छन । केहि कृषकहरुले लिखित उजुरी दिइसकेका छन भने थप कृषकहरुको उजुरी आउने क्रममा रहेको बताईएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस