धानबालीमा कीराको प्रकोप नियन्त्रणमा आउन नसक्दा किसानका धानबाली नष्ट भएको छ । बाँके नेपालगञ्ज उपमहानगरपालिकाको पुरैनीपुरैना डुडुवा गाउँपालिकाको बेतहनी हिरमिनिया तथा राप्ती सोनारी गाउँपालिकाको बैजापुर र फत्तेगाउँमा केही दिनदेखि फौजी कीराको कारण धान बालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् ।
फौजी कीराले फौजी आक्रमण गर्ने हुँदा धानका बाला काटेर नोक्सान पु¥याएको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरको कौशीला चौधरीले बताउनुभयो । फौजी कीराको प्रकोपले अहिले बाँकेका किसानले काट्नका लागि तयार भएको धान कीराले काटेर सखाप भएको चौधरीले बताउनुभयो । कृषि पकेट क्षेत्र मानिने बाँके जिल्लाको डुडुवा ६ हिरमिनियाको कालाबन्जार गाउँका किसान रतिराम कुम्हारले आफ्नो दुई बिघा १२ कट्ठा जग्गामा रोपेको धानबाली कीराले एक हप्तामा सखाप पारेको देखाउँदै दुःख व्यक्त गर्नुभयो ।
त्यसैगरी डुडुवा गाउँपालिकाको ६ हिरिमिनिया फौजी कीराको प्रकोपले किसान मर्कामा रहेका छन् । फौजी कीराले धानबाली सखाप पारिदियो कसरी आफ्ना बालबच्चा पाल्ने भन्ने किसानले रुँदै आइरहेको छन् चिन्ता लागिरहेको छ उता बाँकेमा पनि र बर्दियाको बढैयातालका बोकटीया गाउँमा पनि धानबालीमा कीराको प्रकोपले धानबाली सखाप हुँदा भोकमरी निम्तने खतरा हुने औँल्याउँदै ९० प्रतिशत धान बाली रोपेको ठाउँमा नष्ट भएको देखेको कृषि ज्ञानकेन्द्र बाँकेको कार्यालय प्रमुख सागर ढकालले भन्नुभयो ।
कतिपय ठाउँमा अनुगमन गर्दा किसानको धान हेरेर विषादी छर्कन लगाएको तर तरिका नमिलेपछि कीरा नमरेको कारण धानबालीलाई कीराले सखाप अझै बनाइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख ढकालको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस