बेनी- दशैँका अवसरमा भेडा र खसी बिक्री गरेर यहाँका एक किसानले एकै महीनामा रु २० लाख बढी आम्दानी गरेका छन् । म्याग्दीको ऋखार क्षेत्रमा भेडापालन गरेको धवलागिरि गाउँपालिका–५ मल्कबाङका देवान (हिमबहादुर) छन्त्यालले १०० को हाराहारीमा भेडा र खसी बिक्री गरेका छन् ।
व्यापारीले गोठमै पुगेर भेडा र खसी खरीद गरेको भेडापालक कृषक छन्त्यालले बताएका छन् । धवलागिरि हिमालको फेदी नजिक ऋखार क्षेत्रमा रहेको गोठबाट एकैपटक रु २० लाख बढीका भेडा र खसी बिक्री भएपछि आफू उत्साहित बनेको उनले बताए । दशैँका अवसरमा भेडा र खसीको व्यापार गर्नका लागि मल्कबाङ, कुइनेमङ्गलले, चिमखोलालगायतका ठाउँबाट व्यवसायी गोठमै पुगेका उनले जानकारी दिएका छन् ।
गण्डकी प्रदेशमा रहेका ठूला भेडा फार्ममध्येमा पर्ने छन्त्यालको फार्ममा अझै ४०० बढी भेडा छन् । तिहारलाई लक्षित गरी १०० को सङ्ख्यामा भेडा र खसी बिक्री गर्ने तयारी गरेको उनको भनाइ छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाबाट फर्किएर उनले रु ६० लाख लगानीमा भेडापालन शुरु गरेका थिए ।
अहिले कुईनेमङ्गलेको नयाँ वनमा रहेको भेडी गोठलाई मल्कबाङको मयाले हुँदै सिङ्कोस बगर लैजाने तयारी गरिएको उनले जानकारी दिए । हिउँदमा बेंसी झर्ने भेडीगोठ अहिले लेकमा छन् । छन्त्यालको भेडीगोठमा अहिले दुई जना गोठाला छन् । भेडीगोठको सुरक्षामा गोठालासँगै ‘भोटे कुकुर’ पनि राखिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस