बेझाड :पाल्पाको रामपुरका दिलबहादुर थापाले शुरु गर्नुभएको व्यावसायिक फूल खेतीतर्फ गाउँका अन्यको समेत आकर्षण बढ्दो छ । फूल खेतीको अवलोकन गर्न आउनेको चहलपहल बढ्दै गएको छ ।
थापाले जग्गा भाडामा लिएर फूल खेती थाल्नुभएको हो । उहाँले तिहार पर्वलाई लक्ष्य गरी मखमलीलगायत फूलखेती शुरु गर्नुभएको छ । रामपुरमा नयाँ व्यवसाय भएकाले फूल खेतीतर्फ अन्यको आकर्षण ह्वात्तै बढेको छ । फूलसम्बन्धी बुटवलमा एक हप्ताको तालीम लिनुभएका थापाले परीक्षणका रुपमा डेढ रोपनी क्षेत्रफलमा फूल लगाउनुभएको हो । “अहिले फूल फुल्न थालेको छ, खरिद गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।
नेपालगञ्ज, बुटवललगायत बजारबाट फूलको माग आएको थापा बताउनुहुन्छ । उहाँले पहिलो पटक नेपालगञ्ज बजारमा फूल बिक्रीका लागि पु¥याइसक्नुभएको छ । “परीक्षणका रुपमा थोरै जग्गामा फूल लगाए, माग बढ्दै गएको छ”, उहाँले भन्नुभयो । थापाले मालाको आकार अनुसार प्रतिमाला रु एक सयदेखि रु एक सय ५० सम्म तथा प्रतिकिलो रु तीन सय ५० सम्ममा फूल बिक्री गर्दै आउनुभएको छ । अहिले रामपुर क्षेत्रमा हुने गरेका सभा, समारोह, कार्यक्रमलगायतमा थापाले उत्पादन गरेको फूल बिक्री भइरहेको छ ।
थापाले फूलका बिरुवा समेत उत्पादन गर्दै आउनुभएको छ । उहाँले फूलप्रति बिरुवा रु २० मा बिक्री गर्नुहुन्छ । थापाले रामतुलसी मावि र रामपुर आधारभूत विद्यालयलगायतलाई अनुदानमा फूलका बिरुवा उपलब्ध गराउँदै आउनुभएको छ । रामपुर क्षेत्रमा पछिल्लो समय चाडपर्वमा बजारमा आएका प्लाष्टिकको माला खपत बढ्न थालेको देखेपछि उहाँले फूल खेती शुरु गर्नुभएको हो । “फूल नपाएर प्लाष्टिकका माला किनेर लगाउनुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो ।
दश वर्ष विदेशमा मजदूरी गरेर फर्किनुभएका थापाले दुई वर्षदेखि गाउँमै तरकारी खेती शुरु गर्नुभएको छ । मखमली र सयपत्री फूललाई विशेष गरी तिहारको मुख्य पहिचानका रुपमा लिने गरिन्छ । फूलको महत्वबारे स्थानीयवासीले चासो नदिँदा गाउँघरमा फूल लोप हुने अवस्थामा पुगेको थियो । थापाको फूल खेतीले धेरैको मन जितेको छ । फूलले बजार नपाए रामपुर नगरपालिकाले बजार व्यवस्थापन गर्ने जिम्मा लिएको छ । नगरपालिकाले बजार व्यवस्थापनको जिम्मा लिने भएपछि थापाको हौसला बढेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस