काठमाडौं– झापामा नेपालको सबैभन्दा ठूलो औद्योगिक पार्क बन्ने प्रकृया सुरु भएको छ । पार्क बन्न लागेकोमा स्थानीय जनता उत्साहित भएका छन् ।
झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको १६ सय हेक्टर ९२२ सय बिगाहा० क्षेत्रफलमा नेपालको सबैभन्दा ठूलो आद्योगिक पार्क बन्न लागेको हो ।
औद्योगिक पार्क बन्न लागेको क्षेत्रमा लगानी बोर्डको नेतृत्वमा विशेष निरीक्षण कार्य भएको छ । लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले पार्क बन्न लागेको क्षेत्रको जग्गा निरीक्षण गरेको हो । निरीक्षण टोलीमा नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, चीन–नेपाल मैत्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापा लगायत हुनुहुन्छ ।
निरीक्षण टोलीले स्थानीय वासीसँग भेटघाट तथा अन्र्तक्रिया गरेको छ । अन्र्तक्रियामा नेपाली कांग्रेसका नेता पदम सेढाईले औद्योगिक पार्कमा आफ्नो पाँच विगाहाभन्दा धेरै जग्गा परेको बताउँदै देशका लागि र आफ्ना सन्ततिका लागि जग्गा अर्पण गरेको बताउनुभयो । उनले औद्योगिक पार्क निर्माणमा झापाका जनता एकढिका छन् भन्दै विकासमा राजनीति नगर्न आग्रह गर्नुभयो । उनले राजनीति चाहिँ विकासका लागि हुनुपर्ने बताए ।
निरीक्षण टोलीसँग स्थानीय जगन धिमालले आफ्ना पुर्खाले पसिना बगाएको जमिन औद्योगिक पार्क निर्माणका लागि छाड्नुपर्दा अलिकति पनि दुख नलागेको बताए । आफ्ना पुर्खाले पसिना बगाएको जमिनमा देश, जनता र आफ्ना सन्ततिको भाग्य र भविष्य फेर्ने औद्योगिक पार्क बन्न लागेकोमा गर्व लागेको बताए । औद्योगिक पार्क बनेपछि आफ्ना पुर्खाको आत्मालाई पनि सन्तोष हुने विचार उनले राखे ।
सो टोलीले निरीक्षण अनुगमन कार्यको क्रममा स्थानीयले औद्योगिक पार्क चाँडोभन्दा चाँडो थालिनुपर्ने र पार्कमा उद्योगहरु स्थापना हुनुपर्ने विचार राखेका थिए ।
सो औद्योगिक पार्क चीन सरकारको सहयोगमा बन्न लागेको हो । चीन सरकारको बेल्ट एण्ड रोड परियोजना अन्र्तगत नेपालमा हुन लागेको यो पहिलो विकास निर्माण कार्य हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस