काठमाडौँ– नेपालको जलविद्युत् इतिहासमा कम्पनी ढाँचाबाट आयोजना निर्माण गर्ने श्रेय पाएको चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको कम्पनी सचिव नारायणप्रसाद आचार्यले जानकारी दिएका छन् ।
कम्पनीले रु २३ करोड ७९ लाख छ हजार ७८९ बराबरको नगद लाभांश र रु ९५ करोड १६ लाख २७ हजार १५६ बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी मङ्सिर ११ गते बस्ने २३ औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गर्ने छ । कम्पनीको हाल चुक्ता पूँजी रु चार अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७७२ रहेको छ ।
कम्पनीका तीन सहायक कम्पनीले चार जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् । कुल १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाट क्षमताको तल्लो साञ्जेन र १४.८ मेगावाटको माथिल्लो साञ्जेन र १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तीमध्ये साञ्जेन र रसुवागढी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस