धनगढी– कैलाली जिल्लामा सरकारी स्वामित्वको निकायबाट यस वर्ष अहिलेसम्म धान खरीदको व्यवस्था नहुँदा बिक्रीमा उचित मूल्य पाउन नसकेको भन्दै किसान चिन्तित भएका छन् ।
सरकारले धानको न्यूनतम् समर्थन मूल्य तोकिसकेको अवस्थामा खरीदको व्यवस्था नहुँदा व्यापारीले आफूखुशी मूल्य तोक्ने गरेकाले उचित मूल्य नपाएको स्थानीय किसान वीरबहादुर चौधरीले गुनासो गरे । “व्यापारीले तोकेको प्रतिकिलो रु २० मा धान बेचेर घर खर्चको जोहो गर्नु परेको छ”, चौधरीले भने , “तर सरकारले योभन्दा बढी मूल्य तोकेको छ ।”
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सेती अञ्चल कार्यालय धनगढीले धान खरीदको व्यवस्थाका लागि केन्द्रीय कार्यालयको परिपत्र पर्खेर बसेको जनाएको छ ।
“नेपाल सरकारले झण्डै एक महिनाअघि नै धानको न्यूनतम् समर्थन मूल्य तोकिसकेको छ”, कार्यालयका प्रमुख अनिल श्रेष्ठले भने , “तर निर्देशन आएको छैन ।”
सरकारले प्रतिक्विन्टल मोटो धान दुई हजार ५३२ रुपैया ८० पैसा र मध्यम धानको दुई हजार ६७३ रुपैया १६ पैसा न्यूनतम् समर्थन मूल्य तोकेको श्रेष्ठले बताए । जिल्लामा मध्यम र मसिनो धान उत्पादन निकै कम परिमाणमा हुने हुँदा यसको कारोवार पनि ठूलो मात्रामा हुँदैन ।
संस्थानले धान खरीदका लागि समयमै आफ्नो काँटा सञ्चालन नगर्दा किसानले बाध्य भएर निजी क्षेत्रका व्यापारीसँग धान बिक्री गरेर खर्चको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको अर्का किसान लालवीर रानाले बताए । समयमै धानको मूल्य तोकेर खरीदको व्यवस्था गर्न सके धान बिक्री गर्दा व्यापारीको मनोमानी नहुने र मूल्य पनि नियन्त्रण भई किसानलाई राहत हुने किसान रानाले बताए । कार्यालयले गएको वर्ष ४० हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य लिएकामा झण्डै २३ हजार क्विन्टल खरीद गरेको थियोे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस