काठमाडाैं-एक दशकअघि एउटा गाई किनेर सुरु गरिएको व्यावसायिक गाईपालन फस्टाउँदै गएपछि कोहलपुरका विष्णु पोखरेल दम्पतीले अहिले गाईको दूध र गोबर बेचेर वार्षिक २० लाख रुपियाँ आम्दानी गरिरहेका छन् । विष्णु पोखरेल र उनकी पत्नी शारदा पोखरेल दुवै जना समाजशास्त्रमा स्नातकोत्तर हुन् ।
सुरुमा २२ हजार रुपियाँको लगानीबाट सुरु गरिएको उनको गाईपालनमा दस वर्षको अवधिमा दुई करोड रुपियाँ लगानी पुगेको छ ।
अहिले आफ्नो गोठमा ३५ वटा गाई रहेको जनाउँदै पोखरेलले एउटा गाईले १५ लिटरसम्म दूध दिने गरेको बताए । दैनिक १७ वटा गाईले दूधबाट राम्रै फाइदा भइरहेको उनले बताए ।
अहिले दैनिक १५० देखि १८० लिटरसम्म दूध बेचेर वार्षिक १८ लाख रुपियाँ आम्दानी गरिरहेको र दुई लाखको मल बेचेर वार्षिक २० लाख रुपियाँ आम्दानी भइरहेको छ।
कोहलपुर नगरपालिका–८, पिपरीमा प्रकृति गाई फार्म सञ्चालन गरेर उनले व्यावसायिक पशुपालन गर्दै आएका छन् । शिक्षित भएर गाई पाल्ने किसान, पोखरेल दम्पतीको पहिचान हो । उनले सफल कृषकका रूपमा केही वर्षअघि राष्ट्रपतिबाट पुरस्कार पनि पाइसकेका छन् ।
कोहलपुरमा आफ्नै लगानीमा सञ्चालित सङ्कल्प शिक्षालयमा विष्णु प्रिन्सिपल हुन् भने शारदा कोहलपुरमै रहेको उपकार लघुवित्त वित्तीय संस्थामा कार्यकारी निर्देशक छिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस