भीमदत्तनगर– कञ्चनपुरको पुर्नवास नगरपालिका–७ परासनका सुखसागर रानाले जग्गा भाडामा लिएर खेती गर्न थालेको २५ वर्ष भयो । वार्षिक चार बिघा खेत भाडामा लिएर खेती गर्दै आएका राना सिँचाइको व्यवस्था नहँुदा भने अनेकन समस्या झेल्नुपरेको पीडा यहाँ आउने प्रायः जनप्रतिनिधि या कृषिसँग सम्बन्धित निकायका पदाधिकारीसित पोख्छन ।
“आफूसित भएको खेतमा लगाएको अन्नले परिवारको छाँक टार्न नपुगेपछि अरुको खेत भाडामा या अधियाँ गरेर कृषि पेशामै लामो समय गुजारिसके”, रानाले भने , “वर्षात्मा बाढीको पीडा र हिउँद्मा सिँचाइको समस्याबाट अझै मुक्त हुन सकेको छैन ।” वर्षात्मा दोदा नदीमा आउने बाढीले खेतीयोग्य जमीन डुबानमा पर्दा धान रोप्न समस्या हुने गरेको रानाको भनाइ छ ।
जिल्लाको दक्षिण क्षेत्र यहाँको अन्नभण्डार नै मानिन्छ । महाकाली सिँचाइ दोस्रो चरणअन्तर्गत दक्षिण क्षेत्रको बेल्डाँडी नगरपालिका र बेलौरी नगरपालिकाका केही भूभागमा सिँचाइ पुगे पनि पुर्नवास नगरपालिकामा सिँचाइ सुविधा पुग्न सकेको छैन । पुर्नवास–५ का सुरज राना पनि गहुँ खेतमै काम गरिरहेको अवस्थामा भेटिए । “सिँचाइ सुविधा भए उब्जनी पनि बढी हुन्थ्यो”, उनले भने , “बोरिङको पानीले खेती गर्नुपरेको छ ।”
उनले खेतीका बेला रसायनिक मलको समेत अभाव हुने गरेको बताए । “महाकाली सिँचाइबाट पनि यहाँ नहर पुर्याउन सर्वे भएको थियो”, उनले भने , “महाकाली नदीको पानी खेतमा पुग्ने आशमै यहाँका किसान बसेका छौँ ।” महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक लोकबहादुर थापाले खेतीका लागि पुर्नवास क्षेत्र निकै राम्रो भएको बताए । उहाँले सो क्षेत्रको करीब १५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउन आयोजनाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउने तयारी भइरहेको जानकारी दिए ।
सिँचाइ आयोजनाअन्र्तगत तेस्रो चरणको मूल नहर बने यहाँको शुक्लाफाँटा नगरपालिकाको फुलेलीबाट शाखा नहर निर्माण गरेर पुर्नवास क्षेत्रमा सिँचाइ पुर्याउने योजना रहेको थापाको भनाई छ । “फुलेलीबाट कलुवापुर हुदै पुर्नवाससम्म करीब ३० किलोमिटर शाखा नहर बनाउनु पर्छ”, उनले भने, “त्यसका लागि करीब रु दश अर्ब लागत आवश्यक पर्छ ।” त्यसैगरी सिँचाइ आयोजनाले पुर्नवाससम्म सिँचाइ पुर्याउन मूल नहरबाट स्याली नदीमा पानी फाल्ने विकल्पमा समेत अध्ययन भइरहेको थापाले बताए ।
“स्याली नदी हुदै सिँचाइका लागि पुर्नवाससम्म पानी पुर्याउन करीब २० किलोमिटर नहर खन्नै पर्दैन”, उनले भने, “नदीबाट लगे करीब रु तीन अर्व लगानी कम हुने अनुमान गरेका छौँ ।” पुर्नवास क्षेत्रका अधिकांश किसानले डिप बोरिङबाट पानी निकालेर सिँचाइ गरिरहेका छन् भने वर्षात्का बेला आकाशे पानीका भरमा खेती गर्नुपरेको पुनर्वास–५ का नन्दराम जोशीको भनाइ छ । उहाँले बोरिङबाट निकालेको पानी खेतमा पुर्याउन आर्थिकरुपले भार परिरहेको दुखेसो पोखे । सिँचाइ तेस्रो चरणअन्तर्गत १३ किलोमिटर मूल नहर बनिसकेको छ भने करीब १५ किलोमिटर नहर हाल निर्माणाधीन चरणमा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस