हेटौँडा– भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्साले रु तीन करोड ५० लाखको लागतमा यस वर्ष १७ वटा डिप ट्युबवेल जडान गरी विभिन्न स्थानमा सिँचाइ सुविधा पुर्याएको छ । प्रदेश नं २ सरकारको निःसर्त अनुदान कार्यक्रमअन्तर्गत बारा र पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा उक्त डिप ट्युबवेल निर्माण गरिएको कार्यालयको प्राविधिक शाखाले जनाएको छ ।
कार्यालयका अनुसार बाराका ११ र पर्साका छ स्थानमा डिप ट्युबवेल जडान गरिएको हो । उपभोक्ता समितिमार्फत गरिएको उक्त कार्यबाट ४२५ बिगाहा जमीन सिञ्चित भइरहेको बताइएको छ ।
ती डिप ट्युबवेल पर्साको वीरगञ्ज उपमहानगरपालिका–२, पोखरिया, बगही, निचुटा र धोवनीमा तथा बाराको फेटागाउँ, विश्रामपुर, पचरौता, गञ्जभवानीपुर, स्वर्ण गाउँपालिका, तेलकुवाँ र प्रष्टोकामा निर्माण गरिएको हो । एउटा डिप ट्युबवेलमा करिब रु २० लाख खर्च लाग्ने गरेको कार्यालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस