काठमाडाैं-चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधीको वित्तीय विवरणले नबिल बैंकलाई अब एनआईसी एशिया बैंकले टक्कर दिने देखिएको छ।
दोस्रो बजारमा नबिल बैंक सबैभन्दा बढी सेयर मूल्य भएको बैंक हो । एनआईसी एशियाको सेयर मूल्य ४१८ रुर्पैयाँ छ भने नबिल बैंकको ७५५ रुपैयाँ रहेको छ।पहिलो त्रैमासमा १ अर्बभन्दा बढी नाफा गर्ने बैंकहरुमा पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक,नबिल बैंक र एनआईसी एशिया बैंक रहेका छन्।
गत आर्थिक वर्षमा नाफाको आधारमा पहिलो स्थानमा राष्ट्रिय वाणिज्य बैंक थियो भने दोस्रो स्थानमा नबिल बैंक थियो। पाँचौं स्थानमा रहेको एनआईसी एशिया बैंक तेस्रो स्थानमा रहेको छ।
असोज मसान्तमा नबिल बैंकले १ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ भने एनआईसी एशिया बैंकले १ अर्ब रुपैयाँ नाफा गरेको छ।
पछिल्लो वर्षमा आक्रामक रुपमा शाखा विस्तार गरेको एनआईसी एशियासँग अहिले २७७ वटा शाखा रहेको छ। नबिल बैंकसँग ९२ वटा शाखा रहेको छ।
पहिलो त्रैमासको रिपोर्ट अनुसार एनआईसी एशिया बैंकसँग १ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कर्जा भने १ खर्ब ६२ अर्ब रुपैयाँ छ।
निक्षेपको आधारमा एनआईसी एशिया दोस्रो स्थानमा रहेको छ भने कर्जाको आधारमा एनआईसी एशिया पहिलो स्थानमा रहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस