पाल्पा – आलु खेतीबाट मनग्य आम्दानी हुन थालेपछि पाल्पा रामपुरका कृषक सामूहिक आलु खेतीमा आकर्षित हुन थालेका छन् । घरायसी प्रयोजनका लागि मात्र आलु लगाउँदै आएका यहाँका कृषक समूहमा मिलेर आलु लगाउन शुरु गरेका हुन् । रामपुर नगरपालिका–६ मा रहेका कृषि समूहका सदस्यहरु यतिबेला आलु लगाउने कार्यमा व्यस्त छन् ।
तालपोखरा कृषक समूहले यस वर्ष १० रोपनी क्षेत्रफलमा समूहमा आलु लगाएको छ । गत वर्ष परीक्षणका लागि तीन रोेपनी क्षेत्रफलमा लगाएको आलुको उत्पादन राम्रो भएपछि यो वर्ष क्षेत्रफल बढाएर आलु लगाउन शुरु गरेको अध्यक्ष मित्रा ढकाल बताउछन । “गत वर्ष एक क्विन्टल आलु लगाएको दश क्विन्टल फल्यो, नसोचेको उत्पादन भएपछि यो वर्ष धेरै लगाइएको छ”, उनले भने ।
कँडेलबारी कृषक समूहले जग्गा भाडामा लिएर पाँच रोपनी क्षेत्रफलमा तीन क्विन्टल आलु लगाएको समूहका अध्यक्ष सीता भण्डारीले बताए । “आलु लगाउने प्रविधिबारे कृषि प्राविधिक खेतमै आएर सिकाउनु हुन्छ, बीउ वडा कार्यालयले उपलब्ध गराएको छ, पूरै लगानी गर्न पनि परेन, मल खरिद र जग्गाको भाडा बुझाएमात्र भयो”, उनले भने ।
नदी किनारा आयआर्जन कृषक समूहले १० रोपनी क्षेत्रफलमा आलु लगाउने तयारी गरेको छ । गत वर्ष पाँच रोपनी क्षेत्रफलमा लगाएको आलुले राम्रो बजार पाएपछि यो वर्ष बढाउने समूहका सचिव सीता देवकोटा बताउछन । “अघिल्लो तीन क्विन्टल आलुबाट पन्ध्र क्विन्टलभन्दा बढी उत्पादन भयो, खेतबाटै आलु बिक्री गर्येउ , उत्पादन राम्रो भएपछि यो वर्ष बढाएर लगाउँदैछौँ”, उनले भने ।
समूहमा साथीहरुसँग आलु लगाउँदा रमाइलो भएको र आलु लगाउने नयाँ तरिका पनि नयाँ सिक्न पाइने भएपछि सामूहिक आलु खेतीमा यहाँका कृषकको आकर्षण बढ्दो छ । आलु बिक्रीबाट लिएको आम्दानी समूहको कोषमा राख्ने कृषक बताउँछन् । यो वर्ष यहाँका कृषकले जनकदेव जातको आलु लगाउँदैछन् ।
आलु खेती गर्न इच्छुक कृषक तथा समूहलाई वडा कार्यालयबाट अनुदानमा उन्नत जातको आलुको बीउ उपलब्ध गराइएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए । “यो क्षेत्रलाई आलु पकेट क्षेत्रका रुपमा विकास गर्न नगरपालिकाको ‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत आलु उत्पादनमा जोड दिएको छ, कृषकले उत्पादन गरेको आलुले बजार नपाएमा वडा कार्यालयले व्यवस्थापन गरिदिनेछ, कृषकले जति हो धेरै मात्रामा आलु उत्पादन गरिदिए भयो”, वडाध्यक्ष न्यौपानेले भने ।
कृषकलाई खेतमै पुगेर आलु लगाउने तरिका, आलुमा लाग्ने रोग कीरा, उपचार पद्धति, आलु भण्डारण, बजारीकरणका सम्बन्धमा जानकारी दिने गरेको कृषि शाखा रामपुरका प्रमुख रामहरि पाण्डेयले बताए । “रामपुरमा अन्य खेतीमा भन्दा आलु खेतीमा कृषकको उत्साह बढेको छ, आलुका लागि राम्रो सम्भावना बोकेको हुँदा कृषकले मनग्य आम्दानी गर्न सक्नेछन्”, शाखाप्रमुख पाण्डेयले भने ।
रामपुर नगरपालिकाका सबैजसो क्षेत्र आलुका लागि राम्रो रहेको छ । आलु बिक्रीका लागि बजार सहज, झट्ट नकुहिने, मूल्य राम्रै पाएपछि समूहमा कृषकले आलु लगाउन शुरु गरेका हुन् । रामपुर नगरपालिका क्षेत्रमा करिब दर्जनभन्दा बढी समूहले सामूहिक रुपमा आलु लगाउँदैछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस