काठमाडाैं-बैंकहरु द्धारा सार्वजनिक चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार राष्ट्रिय स्तरका १० वटा विकास बैंकहरुमा सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । बैंकले चालु आवको पहिलो त्रैमासमा गत आवको सोहि अवधिमा भन्दा ५.२३ प्रतिशतले नाफामा वृद्धि गर्दै २२ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको हो । गत आवको सोही अवधिमा बैंकले २१ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रियस्तरका विकास बैंकले १ अर्ब १ करोड २५ लाख रुपैयाँ नाफा कमाएका छन्। उक्त नाफा चालु आर्थिक वर्षको सोही अवधिमा १५ करोड ९९ लाख रुपैयाँले बढाएर १ अर्ब १७ करोड २५ लाख रुपैयाँ पुर्याएका हुन् । जसमा ६ वटा विकास बैंकहरुले १० करोड रुपैयाँभन्दा बढी नाफा कमाएका छन् ।
१० करोड रुपैयाँ नाफा कटाउने विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, कैलाश विकास बैंक, लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंक हुन् ।
सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकको र सबैभन्दा कम नाफा कामना सेवा विकास बैंकको छ । कामनाको नाफा कम भएपनि गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा करिव ७ गुणाले बढी हो ।
मेगा बैंकसँग मर्जरको सम्झौता गरिसकेको गण्डकी विकास बैंकले भने गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा नाफा घटाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस