सिमकोट– हुम्लाको सिमकोट गाउँपालिकालाई स्याउको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत सरकारले उक्त योजना ल्याएको हो । सिमकोटका किसानलाई लक्षित गरी ल्याइएको ‘स्याउ जोन कार्यक्रम’ ६ वर्षसम्म सञ्चालन हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । उक्त परियोजनामा ७० प्रतिशत सङ्घीय सरकारको र ३० प्रतिशत स्थानीयवासीको लगानी हुने परियोजना कार्यन्वयन इकाई हुम्लाका प्रमुख राम सुरत पालले जानकारी दिए ।
जिल्लाको सिमकोट गाउँपालिका–३, ४ को पाँच सय हेक्टर क्षेत्रफलमा सो परियोजना कार्यान्वन हुने जनाएको छ । “समुद्री सहतबाट दुई हजार एक सयदेखि तीन हजार मिटर उचाईसम्मको भु–भागमा स्याउ उत्पादन गर्न सकिने छ”, इकाई प्रमुख पालले भने , “स्याउ खेती विस्तारका लागि जिल्लाका सातवटा गाउँपालिकासँग समन्वय भइरहेको छ ।”
जिल्लाका विभिन्न क्षेत्रमा उन्नत जातको बीउ, नयाँ पद्दति तथा प्रविधि अपनाएर सुहाउँदो अनुकूल परिस्थिति हेरेर स्याउखेती गरिने उनले बताए ।
स्याउ जोन कार्यक्रमका लागि ठाउँ छनोट गरेर माटो परीक्षण गरी स्याउखेती शुरु गरिने उनले बताए । अबको दुई, तीन वर्षमा सिमकोट गाउँपालिका–३र४ मा स्याउ उत्पादन गर्ने गरी कार्यक्रम कार्यान्वयन गरिने पनि उनले बताए ।
स्याउ जोन कार्यक्रम लागू भएपछि यहाँका किसानको आम्दानीको स्रोत बढ्ने अपेक्षा गरिएको छ ।
हुम्लामा केही किसानले व्यावसायिक रुपमा स्याउ उत्पादन गर्दै आएको भएपनि बजार र ढुवानीको समस्याले बारीमा फलेका स्याउलाई बजारसम्म पु¥याउन नसक्दा यसको खेतीतर्फ किसानको निरासा बढ्दै गएको स्याउ उत्पादक किसान गोविन्द लामाको भनाइ छ ।
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा वृद्धि, कृषि सामग्री र प्रविधिको प्रयोग, कृषिमा यान्त्रिकीरण, कृषि उपजको स्याहार, प्रशोधन, गुणस्तर नियन्त्रण, बजार व्यवस्थापन तथा प्राविधिक शिक्षासमेतको संयोजन गर्दै समग्र कृषि क्षेत्रको आधुनिकीकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना सुरु गेरको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस