परासी– तुरिया सिँचाइ आयोजना सम्पन्न भएपछि यस क्षेत्रका कृषक हर्षित भएका छन् ।
प्रदेश नं ५ सरकारको ठूलो लगानीमा पश्चिम नवलपरासीको रामग्राम–१५ शुक्रौलीमा तुरिया सिँचाइ आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि खेतीपातीका लागि सहज रुपमा सिँचाइ उपलब्ध हुने भएकाले उनीहरु हर्षित भएका हुन् ।
सिँचाइ आयोजना क्षेत्रमै नदी कटान नियन्त्रणका लागि तटबन्धसमेत गरिएपछि यहाँका कृषकले राहत महसुस गरेका छन् । “वर्षाैंदेखि सिँचाइ र नदी कटानको समस्याले हामी पीडित थियौँ, अहिले सिँचाइ र तटबन्धको व्यवस्था भएपपछि हामी धेरै नै खुशी छौँ, प्रदेश सरकारलाई धन्यवाद छ”, स्थानीय कृषक देव पाण्डेले भने ।
सिँचाइ सुविधा पुगेपछि यहाँका कृषकलाई अन्नबाली तथा तरकारी उत्पादनमा सहज भएको छ । सिँचाइ आयोजनाबाट बाह्रै महिना सिँचाइ सुविधा पुग्न थालेपछि अन्नबालीसँगै कृषक व्यावसायिक कृषिमा आकर्षित भएका हुन् । प्रदेश नं ५ सरकारको रु सात करोडको लागतमा साढे दुई वर्षमै तुरिया नदीमा सिँचाइ आयोजना निर्माण र तटबन्ध गरेको हो । यो आयोजनाबाट रामग्राम–१५, १६ र १० का दुई हजार बढी कृषक लाभान्वित भएको तुरिया सिँचाइ उपभोक्ता समितिका सचिव राममिलन शहानीले बताए । आयोजनाबाट शुक्रौली, हुकई र लङ्कहवासहित आसपासको करीब १०० बिघा जमीन सिञ्चित भइरहेको छ ।
यसअघि सिँचाइको असुविधाको कारण यहाँका कृषक आकाशे पानीको भर पर्नुपर्ने बाध्यता थियो । नदी नजिकका कृषकले माटोको बाँध बनाएर सिँचाइ गर्दै आएका थिए । सिँचाइकै समस्याले छ÷सात महिनामात्र खेती गर्नुपर्ने बाध्यता अहिले हटेको उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका कृषक प्रकाश खड्काले बताए । अब बाह्रै महिना खेती गर्न सहज भएको उनको भनाइ छ ।
तुरिया नदीको कटान रोक्न सिँचाइ आयोजनाको दुवैतर्फ हाललाई २००÷२०० मिटर तटबन्ध निर्माण गरिएको छ । यसलाई क्रमशः विस्तार गर्दै जाने आयोजनाले जनाएको छ । तटबन्धपछि बाढीको जोखिम हटेको छ भने नदीले कटान गर्दा खेत नै बगरमा परिणत हुने समस्या टरेको छ ।
नदी किनारमा तटबन्ध भएपछि जोखिम कम भएको उपभोक्ता समितिका सचिव शहानीले बताए । “तटबन्धले बाढीको जोखिम हटेको छ, खेतीयोग्य जग्गा पनि कटान र डुबानबाट जोगिने आशा जागेको छ”, उनले भने । तटबन्ध गर्नुअघि नदी कटान र बाढीबाट जोगिन स्थानीयले माटोको बोराले नदी नियन्त्रणको प्रयास गर्दै आएका थिए ।
वर्षेनी तुरिया नदीको कटान र डुबानको समस्या भएपछि प्रदेश नं ५ सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको विशेष पहलमा यो आयोजनामा बजेट विनियोजन भएको थियो ।
किसानको आशा
सिँचाइ आयोजनाले बाह्रै महिना पानी उपलब्ध हुने र खेतीपाती पनि राम्रो हुने भएकाले कृषिको उत्पादन र उत्पादत्वमा वृद्धि हुने यहाँका किसानको आशा छ । व्यवस्थित सिँचाइ नभएका कारण यहाँका किसानले प्रत्येक वर्ष करिब ४ महिनासम्म तुरिया नदीमा माटोको बाँध बनाएर वर्षे धानका लागि सिँचाइको व्यवस्था गर्दै आएका थिए ।
यहाँका किसानले बर्सेनि बाँध बनाउन श्रमदान गर्दै आएका भए पनि सिँचाइ प्रणाली व्यवस्थित नभएका कारण यहाँका हजारौं किसानको मिहिनेत बर्सेनि बालुवामा पानीजस्तै हुँदै आएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस