काठमाडाैं-०७५ असोज मसान्तको तुलनामा ०७६ असार मसान्तमा ऋणको ब्याजदर ०.२८ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत वर्षको असोजमा कर्जाको औसत ब्याजदर १२.२६ प्रतिशत थियो । यो वर्षको असोजमा घटेर ११.९८ प्रतिशतमा झरेको छ ।बैंकहरुको आधारदर (बेस रेट) घटेसँगै ऋणको ब्याजदर पनि घटेको हो । ०७५ असोज मसान्तको तुलनामा ०७६ असोज मसान्तमा बेस रेट ०.६७ प्रतिशतले घटेको छ । गत वर्षको असोजमा १०.२३ प्रतिशत रहेको बेस रेट यो असोजमा ९.५६ प्रतिशतमा झरेको हो ।
गत बर्षको तुलनामा कर्जाको ब्याज सस्तो भए पनि चालु आर्थिक वर्षको साउनयता भने बैंकहरुको औषत आधारदर र कर्जाको व्याजदर क्रमिक रुपले बढिरहेको छ ।साउनमा बैंकहरुको आधारदर ९.४५ प्रतिशत र कर्जाको औषत ब्याजदर १२.०८ प्रतिशत, भदौमा औषत आधारदर ९.५३ प्रतिशत र कर्जाको औषत ब्याजदर ११.९७ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो दर ६.५७ प्रतिशत थियो ।्रट्रेजरी बिलको पनि औसत ब्याजदर भने केही बढेको छ । गत आर्थिक बर्षको असोजमा ९१-दिने ट्रेजरी बिलको पनि औसत ब्याजदर १.७७ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा व्याजदरमा २.५६ प्रतिशतले वृद्धि भएर ४.३३ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, एक बैंकले अर्को बैंकलाई दिने सापटी अर्थात् अन्तरबैंक कारोबारको औसत ब्याजदर २.७६ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ असोजको १.८६ प्रतिशत रहेको थियो भने २०७६ असोजमा ४.६२ प्रतिशत कायम भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस