काठमाडौं-बैंकिङ कसुरको मुद्दा खेपिरहेका बैंकर अजय श्रेष्ठ र किरण कुमार बोहोरालाई एक/एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलासले बैंकरद्वयलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।खोलाको जग्गा धितोमा ऋण दिएको अभियोगमा प्रहरीले श्रेष्ठलाई गत असोज ५ गते पक्राउ गरेको थियो । उच्च अदालत पाटनले श्रेष्ठलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
उच्च अदालत पाटनको थुनामा राख्ने आदेशको विरुद्धमा श्रेष्ठ सर्बोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका थिए ।सर्वोच्च अदालतले उक्त मुद्घाको सुनुवाइ गर्दै बदर गर्न आदेश दिएको हो ।उच्च अदालतको आदेश चित्त नबुझ्दा सर्बोच्च जान पाइन्छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ मा यस्तो ब्यवस्था छ।
ऋणी (सुरेन्द्र श्रेष्ठ)ले झापाको बिरिङ खोलाभित्र पर्ने जग्गाको नक्कली धनीपूर्जा सन् २०१५ मा बैंक अफ काठमाण्डूबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए ।ती ऋणीले ऋणको सावाँ र ब्याज नतिरेपछि बैंकले अनुसन्धान गर्दा खोलाभित्र पर्ने जग्गाको पुर्जा बनाएर ऋण लिई बैंकलाई ठगी गरेको तथ्य फेला परेको थियो । यस्तो तथ्य फेला परेपछि बैंकले केही समयअघि ऋणी सुरेन्द्र श्रेष्ठलाई बैंकिङ कसूर गरेको अभियोगमा प्रहरीमा किटानी जाहेरी दिएको थियो ।
तर, प्रहरी बैंकका कर्मचारी हुँदै सीइओ श्रेष्ठसम्म पुग्यो ।बैंक अफ काठमाण्डूबाट सीइओ अजय श्रेष्ठ ०७४ असार मसान्तबाट बाहिरिएका हुन् । करिब ८ वर्ष बैंक अफ काठमाण्डूमा सीइओ भएर काम गरे ।
उनीसँग ३२ बर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । बिओके आउनअघि श्रेष्ठले २ वर्ष एनएमबी बैकमा काम गरेका थिए। त्यसअघि बिओकेमै ‘सेकेन्ड म्यान’ थिए। उनले त्यसअघि १५ बर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेका थिए।
श्रेष्ठ राष्ट्र बैंकले जारी गरेका नीति निर्देशनहरु अक्षरश पालना गरेर काम गर्थे । कसैको दबाब र लोभमा नपरी नियम र कानूनभित्र रहेर काम गर्ने गरेको उनीसँगै काम गरेका बैंकरहरु बताउँछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस