रामपुर– पाल्पा निस्दी– ५ गल्धा बेलडाँडाकी भुवानी फालले खसी–बोका बिक्रीबाट एक वर्षमा रु दुई लाख ६५ हजार ५८५ बुझिन् । उनले घरधन्दा सकेर फुर्सदको समयमा पालेको बाख्राले यसरी आम्दानी होला भनेर सोचेकी थिइनन् ।
“बाख्रापालनबाट राम्रो आम्दानी लिन सकेकी छु”, उनले भनिन्, “मलाई सन्तुष्टि मिलेको छ ।” उनको घरमा अहिले पनि २५ भन्दा बढी बाख्रा छन् ।
पाल्पा ढुङगानावेँशीका नारायणी ढुङगानाले पनि वार्षिक एक लाख २८ हजार रुपैयाँभन्दा बढी बाख्रापालनबाट आम्दानी गरेकी छन् । एक वर्षमा घरमै बसेर यति धेरै आम्दानी होला भनेर उनले सोचकी थिइनन् । तर बाख्रा पालेर आम्दानी राम्रो भएको उनले बताईन् । ‘यस्तो राम्रो आम्दानीको स्रोतका विषयमा मलाई पहिला जानकारी भएन’, उनले भनिन् ।
विभिन्न सहकारी संस्थामा आवद्ध भएका महिलाहरुलाई बाख्रापालनबाट राम्रो फाइदा भएको हो । आम्दानीको स्रोतका रूपमा उनीहरूले बाख्रलाई लिन थालेका हुन् । यसअघि आफूलाई आवश्यक चुरा, टीका, पोतेसमेत किन्न पैसा नहुने गरेकोमा पछिल्लो समय उनीहरु घरखर्च चलाउन, छोराछोरी पढाउनलगायत आफूलाई आवश्यक परेका बेला आफैंले खर्च गर्ने पैंसा जुटाउन थालेका छन् ।
पाल्पाको निस्दी गाउँपालिका–५ स्थित गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले गतवर्ष खसी–बोका बिक्रीबाट ५४ लाख तीन हजार ६३ रुपैयाँ आम्दानी गरेको थियो । संस्थाका व्यवस्थापक दिलमाया सारुका अनुसार महिलाले गाउँमा लोकल कुखुरापालन, बोडा, सिमी, गहत, सुन्तला बिक्रीबाटसमेत आम्दानी दिने गरे पनि आर्थिक उपार्जनको मुख्य बाटो बाख्रापालन रहेको छ । उनले आगामी वर्ष एक हजार २०० खसी बोका बिक्री गर्ने लक्ष्य लिएको बताइन ।
त्यस्तै पाल्पा बहपुरका भूमिसरा राना पनि यसवर्ष १४ वटा खसीबोका बिक्री गरेपछि बुझेको रकमले दङ्ग छन् । महिलाले यसरी कमाएको केही रकम सहकारीमा जम्मा गर्छन् केही आफूले घरव्यवहार चलाउँदै आएका छन् । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले सरकारले सहकारीलाई तीन खम्बे अर्थ नीतिमा जोड दिएको स्मरण गराउँदै आयआर्जन कृषि उत्पादन तथा खसीबाख्रा बिक्रीबाट धेरै आम्दानी गर्ने महिलालाई गाउँपालिकाले पुरस्कृत गर्ने बताए ।
हेफर नेपाल र ग्रामीण विकास सङ्घ रेडाको सहयोगमा बाख्रापालन हुन थालेपछि महिला आत्मनिर्भर बनेको महसुुस गर्न थालेका छन् । त्यस्तै रम्भा गाउँपालिका पाल्पामा रहेको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध महिला पनि खसीबाख्रा बिक्रीबाटै राम्रो आम्दानी गर्दै आएका छन् । रम्भा गाउँपालिका–२ का हुमीकुमारी पाडेमगरले सातवटा खसी बिक्रीबाट ८५ हजार २०० रुपैयाँ आम्दानी लिएका छिन् ।
त्यस्तै रम्भा बेलौजीका लक्ष्मी आलेले पनि गएको दशैँमा तीन वटा खसी बिक्रीबाट आएको आम्दानीले दशैं पर्व मनाएको छ । उहाँका अनुसार चाडपर्व नजिकिएपछि खसी बिक्री गर्यो, आम्दानी हुन्छ । पैसाको खाँचो हुदैन् ।
उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले यसवर्ष दशैं तिहार पर्वलाई मध्येनजर गर्दै करीब ५०० को हाराहारीमा खसीबोका बिक्री गरेको सहकारीका अध्यक्ष गङ्गीसरा सिञ्जालीको भनाइ छ । फोक्सिङ्कोटमा यसवर्ष चाडपर्वलाई मध्यनजर गर्दै ६ वटा स्थानमा खसीबोका सङ्कलन केन्द्र स्थापना गरेर बिक्री गर्ने सहकारीले प्रबान्ध मिलाएको थियो । खसी बिक्री गर्दा खरीदकर्ताले प्रतिकिलो रु पाँचका दरले सहकारीलाई बुझाएका छन् ।
पाल्पा जिल्लामा अहिले २०० बढी सहकारी संस्था लिमिटेड रहेकोमा ५० भन्दा बढी महिला सहकारी संस्थामा रहेको जिल्ला सहकारी सङ्घका सदस्य सूर्यप्रसाद रेग्मीले जानकारी दिए । जिल्लाका अधिकांश सहकारी संस्थामा आवद्ध महिलाले सचेतना बृद्धिसँगै आयआर्जनमूलक कार्य गर्दै आएका छन् ।
सधैं घरधन्दा र चुलोचौकामा व्यस्त हुने महिला घरको काम धन्दा सकेर आयआर्जन गर्नका निम्ति कृषि उत्पादन तथा पशुपालनमा उन्मुख हुन थालेका छन् । यसबाट उनीहरु आत्मनिर्भर बन्दै गएका छन् । सहकारीले आफ्नो परिचय दिनसमेत नसक्ने महिलाहरुलाई सबैसँग खुलेर बोल्न, सरसफाइ तथा व्यवहारिक सीपसमेत सिकाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस