काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुने सम्भावना न्यून भएको छ ।
कोषमा आवद्ध हुने समय सकिन अब ४ दिन मात्रै बाँकी छ ।उक्त समयभित्र बैंक तथा वित्तीय संस्थाहरुले माग गरेको दोहोरो कर नीतिको व्यवस्था नहटेसम्म बैंकहरु सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने भएका हुन् ।
दुई साता अघि तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट, सामाजिक सुरक्षाकोषका पदाधिकारी र बैंकर्स संघका पदाधिकारीको संयुक्त बैठक बसेको थियो ।उक्त बैठकमा सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बैंक तथा वित्तीय संस्थाहरुले समाना गर्नु परेको समस्याको विषयमा छलफल भएको थियो । पूर्व मन्त्री बिष्टले बैंकहरुलाई कोषमा आवद्ध हुन भइरहेको सम्पूर्ण समस्यालाई सहजिकरण गर्ने प्रतिवद्धता जनाएका थिए ।
उक्त बैठकमा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले दोहोरो कर नीति, बीमा पोलेसीलगायतका विषयलाई सरकारले परिमार्जन गरेमा बैंकहरु कोषमा आवद्ध हुने प्रतिवद्धता जनाएका थिए ।तर त्यसको अर्को साता मन्त्रीहरु हेरफेर हुँदा गोकर्ण बिष्ट पदमुक्त भए । श्रममन्त्री बाहिरिनुभन्दा २ दिन अगाडिसम्म उनी सामाजिक सुरक्षा कोषमा आवद्ध हुनलाई विभिन्न क्षेत्रका संघ संस्थाका प्रतिनिधित्व गर्ने संघहरुमा औपचारिक भेटवार्ता गर्दै कोषमा आवद्ध हुन आग्रह गर्दै थिए ।बिष्ट पदबाट बाहिरिएसँगै उनले ल्याएका योजनामध्ये सामाजिक सुरक्षा कोषको कामहरु पनि पाइपलाइनमा बसेको छ ।
हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रामेश्वरराय यादव मन्त्री भएर आएका छन् । बिष्टले गरिरहेका अधुरा कामहरु मन्त्री यादवले कहिलेसम्म पूरा गर्नेछन् ? त्यो हेर्न बाँकी नै छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस