कञ्चनपुर– नश्ल सुधार गरिएका गाईभैँसीले दूध बढी दिने भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका पशुपालक किसान कृतिम गर्भाधानप्रति आकर्र्षित भएका छन् ।
चालु आवको तीन महिनाको अवधिमै १८४ गाईभैँसीमा कृतिम गर्भाधान गरिएको छ । नगरपालिकाको पशु विकास शाखाका अधिकृत नारायणदत्त भट्टका अनुसार साउन, भदौ र असोज महिनामा गरी गाई ११४ र ७० वटा भैंसीमा कृतिम गर्भाधान गरिएको छ । गत आवमा भने गाई एक हजार ५० र भैँसी ५०० मा कृतिम गर्भाधान गरिएको थियो ।
कृतिम गर्भाधान गरिएका गाईमा ६० देखि ७० प्रतिशत र भैँसीमा ४० देखि ४५ प्रतिशतसम्म गर्भ रहने गरेको अध्ययनले देखाएको अधिकृत भट्टको भनाइ रहेको छ । “कृतिम गर्भाधान गराउने कार्य तीव्र रुपमा हुन थालेपछि दूधको उत्पादनमा समेत वार्षिक रुपमा छ दशमलब ५ प्रतिशतका दरले वृद्धि हुँदै गएको छ” भेटेरेनरी अधिकृत रामप्रसाद भट्टले भने ।
गाईमा कृतिम गर्भाधान गराउँदा जर्सी, होलेस्टिन र भैँसीमा मुर्राको सिमेन राख्ने गरिएको छ । स्थानीय जातका गाईभैँसीको नश्ल सुधार गरी दुग्ध उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्य पशु विकास शाखाको रहेको छ । उन्नत नश्लका गाईभैँसी उत्पादन हुन थालेपछि व्यावसायिक रुपमा गाईभैँसीका फर्म खोल्नेहरुको सङ्ख्याप्रति वर्ष बढ्दो रुपमा रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस