काठमाडौं – ग्लोबल आइएमई बैंक र जनता बैंक एक आपसमा मर्ज भएर ग्लोबल आइएमई बैंकको नामबाट शुक्रबारदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।
दुई बैंक मर्ज भएपछि पूँजी,निक्षेप र कर्जाको आधारमा देशकै ठूलो बैंक हुने छ । यसको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गर्ने छन् ।असोज मसान्तको तथ्यांक अनुसार दुई बैंक मर्जर भएपछि निक्षेप २ खर्ब ३ अर्बभन्दा बढी हुने छ । जुन वाणिज्य बैंकहरुमा सबैभन्दा बढी हो ।
यस्तै कर्जा १ खर्ब ९२ अर्ब रुपैयाँ हुन्छ । जुन वाणिज्य बैंकहरुमा सबैभन्दा बढी हो । चुक्ता पूँजी १९ अर्ब रुपैयाँ हुन्छ । जुन पूर्वाधार विकास बैंकको भन्दा १ अर्ब रुपैयाँ कम हो ।
असोज मसान्तको तथ्यांक अनुसार बैंकको नाफा १ अर्ब ११ करोड हुन्छ । नाफाको आधारमा असोज मसान्तको तथ्यांकले बैंक तेस्रो स्थानमा आउने छ ।
मर्जपछि ग्लोबल आइएमई बैंकको अध्यक्ष चन्द्र ढकाल हुने छन् । प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका परशुराम क्षेत्री हुने छन् । संचालक समितिमा दुईवटा संचालक जनता बैंकबाट हुने छन् ।
शुक्रबारदेखि एकीकृत कारोबार हुने हुँदा बैंकको बिहीबार एटिएम कार्ड बिहीबार चल्ने छैन । तथ्यांकलाई एकीकृत गर्नुपर्ने भएको हुँदा एटिएम नचल्ने बैंकले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस