काठमाडाैं-हेटौंडामा केही दिनअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले भने, ‘प्रदेश नम्बर ३ को राजधानी र नाम तत्काल टुंगो लाग्नेछ।’
उनले यो विषय टुंगो लगाउन मुख्यमन्त्री डोरमणि पौडेललाई निर्देशन पनि दिए। यो निर्देशन कहिलेसम्म कार्यान्वयन होला, भन्न कठिन छ। तर यातायात व्यवस्था विभागलाई भने सवारीसाधनको नम्बर प्लेट फेर्न हतार भइसकेको छ। विभागले सवारीसाधनमा राखिने नम्बर प्लेटको ढाँचा परिवर्तन गर्न प्रदेश ३ लाई निर्देशन दिएको छ।
दुई वर्षअघि डिजिटल नम्बर प्लेट र इम्बोस्ड नम्बर प्लेट राख्न विभागले निर्देशन दिएको थियो। सोही अनुसार प्रक्रिया सुरु भएपछि सर्वसाधारणले झन्झट सहनुपर्यो। उक्त प्रक्रिया बीचमै रोकियो। यसै कारण अहिले डिजिटल, इम्बोस्ड र पुरानो नम्बर प्लेट भएका सवारीसाधन सडकमा देख्न पाइन्छ।
विभागले एकरूपता ल्याउन निर्देशन जारी गरेको जनाएको छ। विभागले सोमबार सूचना जारी गरी सवारीसाधनको अगाडि, तल–माथि र पछाडि गरी तीन लाइनमा नम्बर प्लेट लेख्न सवारीधनीलाई निर्देशन दिएको थियो। यातायातकर्मी र विज्ञले यसको विरोध गरेका छन्। प्रदेशको नाम टुंगो नहुँदै नम्बर प्लेटको ढाँचा परिवर्तन गर्दा नामकरण भइसकेपछि फेरि प्लेट परिवर्तन गर्न झन्झट दोहोरिने उनीहरूको भनाइ छ।
यातायातकर्मी रामबहादुर थापाले हतारमा नम्बर प्लेटको ढाँचा परिवर्तन गर्दा सवारीधनीलाई खर्चिलो र झन्झटिलो हुने बताए। ‘यो सीधै मिलोमतो हो।
सरकारका केही व्यक्तिले आफ्नो फाइदाको लागि हावादारी निर्णय गरेका छन्,’ उनले भने, ‘प्रदेशको नाम र राजधानीको टुंगो नलागी नम्बर प्लेट फेर्न बाध्य बनाइनुहुँदैन।’ सबैभन्दा पहिले राजनीतिक विषय समाधान गरेर मात्रै यस्तो नियम लागू गर्न सुझाउँदै उनले थपे, ‘यसमा विभागको नियत सफा देखिएन।’
उता ट्राफिक प्रहरीले नम्बर प्लेटमा एकरूपता नहुँदा र अस्पष्ट समेत हुँदा दुर्घटना गराउने सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गर्न अप्ठेरो भएको तर्क गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस