सुरुङ्गा– झापाको बिर्तामोडमा गोरुगाडाको चक्का प्रयोग गरी ‘द नेशनल गार्डेन’ नामक राष्ट्रिय उद्यान निर्माण थालनी भएको छ । सङ्ग्रहालयसहितको राष्ट्रिय उद्यान बनाउने ध्येयले बिर्तामोडका युवा व्यवसायी रोशन प्रसाईंले चक्काबाट उद्यान निर्माणको काम शुरु गरेका हुन् ।
पाँच बिघा क्षेत्रफलमा फैलिने उद्यान निर्माणका लागि रु तीन अर्ब लाग्ने बताइएको छ । अहिले उद्यान निर्माण गर्न एक हजार ६०० भन्दा बढी चक्का सङ्कलन गरिएको छ । उद्यान निर्माण गर्न अझै एक हजारभन्दा बढी चक्का लाग्ने बताइएको छ ।
मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै झापामा चक्काबाट राष्ट्रिय उद्यान बनाउने उद्देश्यले पूर्वाञ्चलका विभिन्न जिल्लाबाट ७० प्रतिशत पुराना चक्का सङ्कलन गरिसकिएको प्रसाईंले जानकारी दिए । उनले भने , “विसं २०७२ देखि गोरुगाडाको चक्का संरक्षण गर्दै आएको हुँ ।”
उनले बिर्तामोड– ५ र अर्जुनधारा नगरपालिका–६ देवी बस्तीमा उद्यान निर्माणको काम शुरु गरेका छन् । सानो संसार हाउजिङ नजीकै उद्यान निर्माण भइरहेको छ । उद्यान निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने बताइएको छ ।
झापालाई दक्षिण एशियाकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यसहित डेढ वर्षभित्र उद्यान निर्माण गरिने जनाइएको छ । उद्यानमा ३०० वर्षभन्दा पुराना चक्का राखेर झापाको नाम विश्वसामु चिनाउने प्रयास भइरहेको प्रसाईंले बताए ।
प्रयोगविहीन भएर फ्याँकिएका चक्का घरघरमा पुगेर खरीद गरिएको र उद्यानमा राखिने चक्काको ढाँचाको काम थालिएको इञ्जिनीयर अनुष पराजुलीले जानकारी दिए । उद्यानमा जमीनबाट ८१ फिट उचाइमा राष्ट्रिय झण्डा राखिने तयारी छ । “नेपालको नक्शाभित्र १०० भन्दा बढी फूल फुलाएर उद्यानलाई सुन्दर बनाइने तयारीसमेत थालिएको छ । उद्यानमा प्रयोग गरिने सबै चक्का ५० वर्षभन्दा पुराना र सखुवाकै हुनेछन् ”, प्रसाईंले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस