पाल्पा– लोपोन्मुख अवस्थामा रहेका रैथाने अन्नबाली, कृषि जैविक विविधताको संरक्षण, संवद्र्धन र दीगो उपयोग गरी कृषिको समुचित विकासमा प्रदेश ५ सरकारले चासो देखाएको छ ।
स्थानीय रैथाने अन्नबाली उत्पादनमा किसानको आकर्षण बढाउने र खाद्य तथा पोषण सुरक्षा सुदृढ गर्न आवश्यक देखिएका बेला प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सक्रियता बढाएको हो । ‘हाइब्रिड’ अन्नवालीका कारण स्थानीय अन्नबाली उत्पादनमा देखिएको ह्रास रोक्नका लागि चासो बढाउन आवश्यक रहेको छ ।
प्रदेश सरकारअन्तर्गतको कृषि विकास निर्देशनालय रुपन्देहीद्वारा पाल्पाको तानसेनमा बुधबार आयोजना गरेको कृषि जैविक विविधताको संरक्षणसम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रियामा किसानको परम्परागत ज्ञान, सीप, खोज, प्रविधि, उपयोग र अभ्यासको हकहितको संरक्षण एवं संवद्र्धन गर्नुपर्ने खाँचो औल्याइयो ।
प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले बाटोमा हिँड्दा बसाउने झिनियाँ धान अहिले लोप भएको भन्दै यस्ता स्थानीय रैथाने बाली संरक्षणमा सबैको चासो हुनुपर्ने बताइन । उनले भनिन , “हामी साना हुँदा गहुँभित्र बेथे हुन्थ्यो, अहिले हुँदैन । धानखेती गर्दा खेतमा माछा हुन्थ्यो । माछा माथ्र्यो, अहिले बालबालिकामा त्यस्तो स्थिति छैन ।”
मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले कृषि जैविक विविधता संरक्षणसम्बन्धी कार्यक्रम समायोजन गर्ने बताए । उनले कृषि जैविक विविधतासम्बन्धी कार्यक्रमलाई निरन्तरता प्रदान गर्न सबैले हातेमालो गर्न आवश्यक रहेको बताए ।
कृषि विज्ञ कमानसिंह थापाले देशमा आर्थिक परिर्वतनका लागि काम धेरै गर्न जरुरी रहेको बताए । कार्यक्रममा प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका कृषि कार्यालयका प्रमुख, विज्ञ तथा किसानको सहभागिता थियो ।
कार्यक्रममा कृषि आनुवंशिक स्रोत तथा पदार्थको पहुँच र उपयोगबाट सिर्जित अवसर र लाभको समन्यायिक वितरण प्रणालीको व्यवस्था मिलाउने विषयमा चर्चा भएको थियो । दीर्घकालीनरूपमा कृषि जैविक विविधताको संरक्षण एवं संवद्र्धन गरी पर्यावरणीय सन्तुलन अभिवृद्धि गर्नमा योगदान पुर्याउने रहेकाले सोहीअनुसार नीति तथा कार्यक्रम तय गर्न आवश्यकता महसुस गरिएको थियो ।
कार्यक्रममा खाद्य एवं कृषिजन्य आनुवंशिक स्रोत, पदार्थ तथा स्थानीय ज्ञान, सीप आदिको संरक्षण, उपयोग र लाभको समन्यायिक एवं न्यायिक अवस्था, वर्तमान र भावी पुस्ताको खाद्य सुरक्षा एवं गरीबी न्यूनीकरण गर्न कृषि जैविक विविधताको संरक्षणसम्बन्धी चार वटा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस