घोराही– राजनीति, समाजसेवा र अधिकारकर्मीको परिचय बताएकी सुशीला पौडेल हिजोआज गाउँघरमा उत्पादित सामग्री खोज्न तल्लिन छन् । उनले पुराना सामग्रीको सङ्कलन गरी यहाँ बिक्री केन्द्रसमेत स्थापना गरेकी छिन ।
पछिल्लो पुस्ताले बिर्सन लागेको चिउरीको घिउ, सिन्की, मकै, कोदो, फापरको पीठो र सातु बिक्री केन्द्रमा राखेकी छिन । साल र मालुका पातको टपरी, टपरी गास्न आवश्यक पात, बाँसको सिन्का , बेसार, गाईको घिउ जस्ता सामग्री केन्द्रमा रहेकी छिन । बरी (मस्यौरा), मुलाको चाना, पिँडालु, लट्टे पाप्रो सहित दैनिक पूजा आजामा प्रयोग हुने सामग्रीले केन्द्रमा पाईन्छ ।
उनले भनिन “रुकुम, रोल्पा, सल्यान र प्यूठानबाट कोदो, फापर, आटो, पीठो, सिन्कामारी खोजेर ल्याउने गर्छु , ”। उनले तरकारी, अचार मसला, मह, चुक, तील, फूल र दुबोको माला पनि माग अनुसार पुर्याइरहेका छन् । “मैले सीप भएर पनि बजार पाउन नसकेका महिलाको उत्पादनलाई उपभोक्तासम्म पुर्याउदा केन्द्र स्थापना गरेको हुँ, ” उनि बताउछिन ।“ हाते सीपको प्रयोग गरेर बुनेका स्वीटर, मकैको खोस्टोबाट बनाइएका चकटी, चोयाका सामग्री राख्ने सोच बनाएको छु,” उनले
भनिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस