काठमाडौं – बैंकका सीइओको तलब संसारभर नै अत्यधिक हुने गर्छ । त्यसका पछाडि केही कारण छन् । सर्वसाधारणबाट संकलन गरेको खर्बौं रकमको लगानी र व्यवस्थापन गर्ने जिम्मेवारी सीइओले नै लिएको हुन्छ । यति मोटो रकम चलाउँदा ठूलो जोखिम हुन्छ ।
त्यही जोखिम लिएबापत सीइओहरुको तलब/भत्ता बढी हुन्छ । सीइओलाई के कति तलब/भत्ता दिने भन्ने कुरा सम्बन्धित संस्थाको सञ्चालक समितिले गर्छ । सञ्चालक समितिले सीइओलाई टार्गेट दिन्छ र टार्गेट पूरा गर्नेलाई राम्रो तलब/भत्ता तथा सेवा सुविधा दिन्छ । यो अधिकार सञ्चालक समितिको हो ।
फेरि सीइओहरुले आफ्नो तलबभत्ताबाट निकै धेरै कर तिर्छन् । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने सीइओहरुले आफ्नो कमाईको ३६ प्रतिशत कर राज्यलाई तिर्छन् । एकजना सीइओले मासिक ६/७ लाख रुपैयाँ कर तिरेका हुन्छन् ।
कतिपय देशमा सीइओहरुको तलब/भत्तामाथि बेलाबेलामा प्रश्न उठाइन्छ । नेपालमा सीइओहरुको तलब/भत्तामा अत्याधिक इर्स्या गर्ने व्यक्ति हुन्- डा. युवराज खतिवडा । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नर भइसकेका खतिवडाले पटक पटक बैंकका सीइओहरुको तलब/भत्तामा प्रश्न उठाउने गरेका छन् ।
८ वर्षअघि राष्ट्र बैंकको गभर्नर हुँदा खतिवडाले सीइओको तलब/भत्तामा सीमा तोकेका थिए । तर, उनको त्यो नीति एक वर्षपनि टिकेन । बजारको दबाब थेग्न नसकेर खतिवडा ब्याक भएका थिए ।
अहिले उनै खतिवडा देशको अर्थतन्त्र हाँक्ने जिम्मेवारीमा बसेका छन् । खतिवडाले आज फेरि बैंकका सीइओहरुको तलब/भत्तामा प्रश्न उठाएका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस