परासी– गहुँमा आत्मनिर्भर हुने उद्देश्यसाथ पश्चिम नवलपरासीको चार स्थानीय तहमा गहुँ ‘जोन’ कार्यक्रम लागू भएको छ । सङ्घीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चालू आव २०७६÷०७७ देखि जिल्लामा सो कार्यक्रम सञ्चालन गरिएको हो ।
हालै जिल्लामा स्थापना भएको परियोजना कार्यान्वयन एकाइमार्फत रामग्राम, सुनवल नगरपालिका तथा पाल्हीनन्दन र सरावल गाउँपालिकामा यो कार्यक्रम लागू गरिएको एकाइ प्रमुख वरिष्ठ कृषि अधिकृत राकेशकुमार ओझाले जानकारी दिए । “हाल यस क्षेत्रमा परम्परागत रुपमा गरिँदै आएको गहुँखेतीलाई व्यावसायिक तथा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने र गहुँमा आत्मनिर्भर हुने उद्देश्यले कार्यक्रम लागू गरिएको हो, चार स्थानीय तहका केही वडामा यो वर्ष कार्यक्रम सञ्चालन हुनेछ, आगामी वर्ष विस्तार गर्दै जान्छौँ”, प्रमुख ओझाले भने ।
कार्यक्रम रामग्राम नगरपालिका १६ र १८, सुनवल नगरपालिका– ११ र १२ पाल्हीनन्दन गाउँपालिका–६ र सरावल गाउँपालिका ३ र ४ मा लागू भएको हो । कार्यक्रमअन्तर्गत लाभान्वित हुने कृषकको यसै महिनाभित्र सूचीकृत गरिने र करिब दुई हजार २०० हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन हुने परियोजनाले जनाएको छ । राष्ट्रिय आवश्यकता, स्थानीय सम्भाव्यता र तुलानात्मक लाभको प्राथमिकताको आधारमा यस जिल्लाबाट गहुँबाली छनोटमा परेको हो । नेपाल सरकारले परियोजना लागू भएको एक वर्षभित्र गहुँमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । स्वसञ्चालित उन्मुख हुने गरी नेपाल सरकारबाट उपलब्धिमा आधारित सहजीकरण गरिने परियोजनाले जनाएको छ ।
कार्यक्रममार्फत कृषकलाई आधुनिक कृषि औजार तथा उपकरण, प्रविधियुक्त तालीम, साना सिँचाइ कार्यक्रम, पोष्ट हार्भेष्ट सेन्टर स्थापना, कस्टम हायरिङ सेन्टर स्थापनामा सहयोग गरिनुका साथै कृषको खेतीबारीमै पुगेर आधुनिक तरिकाले गहुँ उत्पादन गर्ने विधिको प्रदर्शन गर्ने, अन्य जिल्लामा नमूनाको रुपमा गहुँखेतीको अवलोकन गराउने कार्यक्रम रहेको परियोजनाले जनाएको छ । परियोजनाले ५० प्रतिशत अनुदान उपलब्ध गराउनेछ ।
कानूनीरुपमा दर्ता भएका कृषक समूह, कृषक उद्यमी, कृषि सहकारी, जल उपभोक्ता संस्थामार्फत यो कार्यक्रम सञ्चालन हुनेछ । “कार्यक्रमले कृषकको जीवनस्तरमा परिवर्तन आउनेछ, अहिलेसम्मको परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्दै कृषिमा व्यावसायिकरण गर्नेछ भन्ने अपेक्षा छ, गहुँको आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्छौं”, एकाइ प्रमुख ओझाले भने ।
कृषिको व्यवसायीकरणमार्फत औद्योगिकीकरणमा रुपान्तरणका लागि भौगोलिक सम्भाव्यता र तुलानात्मक लाभका आधारमा छनोट गरिएको जोन कार्यक्रमको क्षेत्र र बालीमा एकीकृतरुपमा सघन कृषि विकासका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए । कार्यक्रमबाट कृषकमा उत्साह थपिने गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्ता बताउछन । पश्चिम नवलपरासीमा हाल छ हजार ९१५ हेक्टर क्षेत्रफलमा गहुँखेती गर्ने गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस