बनेपा– बेथानचोक गाउँपालिका–२ मूलडाँडाका किसान हुद्धराज तिमल्सिनाले दूध बेचेर महिनामा रु २५÷२६ हजार आम्दानी गर्दै आएका छन् । दैनिक २० देखि २२ मानासम्म दूध बेच्ने गरेको उनले गाउँमा किसाने काम गरेर राम्रो आम्दानी गरेका हुन् ।
भैँसी पालेर दूध बेच्दै आएका उनले महिनाको घर खर्च र बस्तुभाउलाई दाना ख्वाउँदा लागेको खर्च कटाएर रु १४÷१५ हजार नियमित बचत हुने गरेको बताए । उनले भने , “कृषि पेशासँगै ज्याला गरेर पनि आम्दानी गर्दै आइरहेको छु ।” चार जनाको परिवार पाल्नका लागि गाउँमा नै वस्तु पालेर राम्रो आम्दानी भइरहेको उनको भनाइ छ ।
गाउँका सबै किसानले गाईवस्तु नै पाल्ने गरेकाले दूध उत्पादनबाट राम्रो आम्दानी लिँदै आएको तिमल्सिनाले बताए । “गाउँलेहरुले प्रायःजसो गाई पाल्ने गरेका छन्”, उनले भने , “डेरीमा भन्दा खुवा बनाउन दिने ठाउँमा बढी पैसा आउने भएकाले त्यहीँ लाने गरेका छौँ ।”
खुवा व्यवसाय गर्दै आएका अर्जुनप्रसाद तिमल्सिनाले भने गाउँमा किसानले भैँसीभन्दा पनि गाई पाल्न थालेकाले काममा थप भार परेको बताए । गाउँपालिका–२ ढुङ्खर्कका खुवा व्यवसायी तिमल्सिनाले वस्तुभाउ पालनको हिसाबले अलि सजिलो भएका कारण त्यसैतर्फ धेरैजसो किसान आकर्षित हुँदै गएको बताए । उनले सो ठाउँमा लालीगुराँस खुवा उद्योग सञ्चालन गर्दै आएका छन् ।
भैँसीमा घिउको मात्रा बढी हुने गरेकाले घोट्न सजिलो हुने र गाईको कम हुने भएकाले घोट्नलाई बढी समय लाग्ने उनको भनाइ छ । “गाईको दूध खोटो जस्तो टाँसिने गरेका कारण घोट्न धेरै गाह्रो हुने र समय बढी लाग्नाका साथै उत्तिकै तताउनुपर्ने हुन्छ”, उनले भने , “गाईभन्दा भैँसीको दूध राम्रो भए पनि किसानले भैँसी पाल्न छोडेर गाईपालनतर्फ बढी केन्द्रित भएकाले व्यवसायमा थप जटिलता आएको छ ।”
वस्तुभाउ पाल्ने किसानको सङ्ख्या नघटे पनि पेशामा सहजता ल्याउनका लागि गाईपालनतर्फ केन्द्रित भएको उनको भनाइ छ । उनका अनुसार नाला र पाँचखाललगायत ठाउँमा भन्दा बेथानचोकमा दूध उत्पादन बढी हुने गरेको छ । विसं २०३६ देखि गाउँमा नै किसानले उत्पादन गरेको दूध सङ्कलन गरी खुवा घोट्ने कामलाई निरन्तरता दिँदै आएका कारण पेशाबाट आम्दानी सन्तोषजनक रहेको उनले बताए ।
दैनिक करिब ४०० लिटर दूध घोट्ने गरेको बताउने खुवा व्यवसायी तिमल्सिनाले उद्योगमा दैनिक रु ३५ देखि ४० हजारसम्मको कारोवार हुने गरेको बताए । उनले भने , “स्थानीयस्तरमा खुवा खान रुचाउनेहरुले आएर किन्ने गरेको बाहेक सबै बजार काठमाडौँ हो ।” पनौतीदेखि बनेपा र काठमाडौँको बजारमा सबैजसो ठाउँमा आफूले उत्पादन गरेको खुवा पुग्ने उनको भनाइ छ ।
सो पेशा गरेरै माथि गाउँबाट तल बजारमा जग्गा किनेर व्यवसाय सञ्चालन गर्दै आएको पाँच÷छ वर्ष भएको उनले बताए । “पहिला किन्दाखेरी ऋण नै गरेर किने पनि अहिले सबै तिरिसक्यौँ”, उनले भने , “पेशाबाट सन्तुष्ट नै छु, १० जनाको परिवार पालेर कामदारलाई व्यवस्थापन गर्न सकिरहेको छु ।” सो उद्योगबाट उत्पादन गरेको खुवा भोटाहिटी, गौशाला, चाबहिल जावलाखेल, लगनखेल, ठिमी, भक्तपुर, कोटेश्वरसम्म जाने गरेको उनको भनाइ छ ।
उनको उद्योगमा काम गर्ने कामदार सानुमाया स्याङतानले पाँच वर्षदेखि काम गर्दै आइरहेका छन् । मासिक रु १७ हजारमा काम गर्दै आएकी उनले दूध भर्ने, आगो फुक्ने र दूध घोटेर खुवा बनाउने काम गर्नुपर्छ । त्यहाँबाट कमाएको पैसा गाउँमा समूहमा जम्मा गर्ने र घर खर्च चलाउने गरेको स्याङ्तानले बताइन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस