डोटी-जिल्लामा पछिल्लो समय आरन व्यवसायीले मनग्य आम्दानी गर्न थालेका छन्। केही समय पहिले करीब-करीब लोप हुने अवस्थामा रहेका यहाँका आरन व्यवसायी पछिल्लो सयम फेरि जुर्मुराउन थालेका छन्। आरन व्यववसायबाटै यहाँका अधिकांश आरन व्यवसायीले मनग्य आम्दानी थाप्ने गरेका छन्। उक्त पेशाकै कारण उनीहरुलाई पछिल्लो समय आफ्नो खर्च चलाउन निकै सहज भएको छ। आरन व्यवसाय फस्टाउन थालेपछि उनीहरुलाई अहिले आफ्नो कामकाजमा भ्याइनभ्याई हुन थालेको छ। पुख्र्यौली घर सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला भएका धनीराम ओडले दिपायलस्थित राजपुरमा खोल्नुभएको आरन व्यवसायले मनग्य आम्दानी गरेका छन्। आफ्नो पेशाप्रति उनि निकै सन्तुष्ट छन्। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको नकर्मी पेशाबाट आफ्ना पाँच जनाको परिवारलाई बजारकै परिवेशअनुसारको रहन-सहन, खानपिन र व्यक्तित्व विकासमा ढाल्न उनि प्रयत्नशील भएको बताउछन। पछिल्लो समय बजारमा भित्रिएका आधुनिक औजारका कारण जिल्लामै आरन व्यवसाय लोप हुँदै जान थाले पनि उनले आफनो व्यवसाय राम्रै चलाएका छन्।
विगत १० वर्षदेखि डोटीको दिपायलस्थित राजपुर बजारभन्दा केही पर, रोड नजिकैको सरकारी जग्गामा एउटा सानो घर बनाएर व्यापारिक हिसाबले नकर्मी पेशा गरिहेका ओड आफ्नो कामप्रति गर्व गर्छन। बच्चादेखि नै फलामको काम सिकेर हाल ५९ वर्षको उमेरसम्म पनि लोप हुँदै गइरहेको पुख्र्यौली पेशालाई शिरोधार्य गर्दै आएका ओड स्थानीय सरकार तथा सरोकारवाला निकायसँग गुनासो गर्छन, “हाम्रो नगरपालिका तथा सरोकारवाला निकायले हामी र हाम्रो पेशालाई समेत हेप्दै र चेप्दै गएका छन्। हाम्रो पेशा सङ्कटमा पर्न थालेको छ, जोगाउनुपर्यो।”
ओडको आँखामा आफ्नो पेशाप्रतिको इमान्दारी र कतव्र्य स्पष्ट देखिन्छ। उनि बिहानै ७ बजे आफ्नो निरन्तरको काममा निस्कन्छन। दिनभरि काम गर्छन। कहिले कमाइ राम्रै हुन्छ, दिनको रु ९०० देखि एक हजारसम्म हुने गरेको उनको भनाइ छ। उनको आरनमा औजार बनाउन आउनेहरुको लगभग दैनिक घुइँचो नै हुन्छ। जनशक्तिको अभावमा आफूले खासै चाहेजति काम गर्न नसकिरहेको ओेड बताउनुहुन्छ । दुई छोरा, एक छोरी र श्रीमतीसहित पाँच जनाको परिवारको घर खर्च र छोराछोरीको स्कूल खर्चसमेत फलाम पिटेरै धानेको उनको भनाइ छ। आरन व्यवसायकै कारण उनले छोराछोरीलाई नजिकैको बोर्डिङ स्कूलमा पढाउन सफल भएका छन्। भोलिका दिनमा आफ्ना सन्ततिले राम्रो पढेर डाक्टर, इञ्जिनीयर बन्न सकुन् भन्ने उनको चाहना छ।
त्यस्तै जिल्लाको जोरायल गाउँपालिका-५ गडसेराका आरन व्यवसायी शिवसिंह लुहारले पनि आफ्नो गाउँमा खोलेको आरन व्यवसायबाट मनग्ये आम्दानी गरेका छन्। वडा कार्यालयको आर्थिक सहयोगमा उनले आफनो गाउँमा आरन व्यवसाय खोलेका छन्। उनको आरनमा घरेलु औजार हँसिया, बञ्चरो, खुकुरी, कुटो, कोदालो, खुँडालगायतका घरेलु औजार बनाउन आउनेको सधैँ भीड लाग्ने गरेको छ।
जिल्लाको दिपायल सिलगढी नगरपालिकाले नगरपालिकाभित्रमा व्यावसायिकरूपमा आरन व्यवसाय गर्न इच्छुकहरुलाई आर्थिक सहयोगका लागि निवेदन दिन आग्रह गरेको नगरप्रमुख मञ्जु मलासीले बताए। उनले भने, “आरन व्यवसाय लोप हुन नदिन हामीले विभिन्न कार्यक्रम तथा योजना ल्याएका छौँ, आरन व्यवसाय गर्नलाई कति लागत चाहिन्छ निवेदन मागेका छौँ, निवेदन कति पर्छ त्यसैका आधारमा रकम छुट्याउने छौँ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस