रामपुर– पाल्पाको पूर्वखोलाका कृषकलाई किबीखेती गर्न सिकाइएको छ । पूर्वखोला गाउँपालिका वडा नम्बर २ जल्पा ढोलीमारा साठिकोल र मैदानलाई किबीको मुख्य क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले त्यस क्षेत्रका कृषकलाई खेती गर्ने तरिका, रोगकीराको निवारण र उत्पादन बढी लिन सकिने विषयमा सीप सिकाइएको हो । किबीखेती गर्न इच्छुक ४० कृषकले तालीम लिएका छन् ।
गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले किबीखेतीबाट प्रशस्त आम्दानी लिन सकिने र स्वास्थ्यमा समेत फाइदा पुग्ने हुँदा यसप्रति ध्यान दिएर लाग्न आग्रह गरेका छन् । अध्यक्ष थापाका अनुसार पहिलो पटक गाउँपालिकाले परीक्षणका रुपमा एक सय किलो किबीको बीउ पनि निःशुल्क प्रदान गरेको छ ।
कृषिविज्ञ कमानसिं थापाले किबीमा निकै पोषिलो औषधियुक्त गुण भएकाले यसको माग बढिरहेको बताएका छन् । उनका अनुसार यसको नियमित प्रयोग गर्नाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, भिटामिन सी प्राप्त हुने र खनिजको मात्रा पूरा हुने हुन्छ ।
किबीको बिरुवा रोपिएको दुईदेखि तीन वर्षमा उत्पादन दिन सक्ने र एउटा बोटबाट करीब ४० देखि ६० वर्षसम्म उत्पादन लिन सकिने कृषि शाखा संयोजक सन्तोष कँंडेलले जानकारी दिएका छन् । एउटा बोटले ५० देखि एक सय केजीसम्म फल दिने भएकाले यसबाट राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ ।
नेपालमा किबी प्रतिकेजी रु चार सयदेखि आठ सयसम्म बिक्री हुने गरेको छ । मनग्य खेती गरेर विदेशमा निर्यात गर्न सके प्रशस्त आम्दानी गर्न सकिन्छ । नेपालको भूबनोटअनुसार समुद्री सतहदेखि एक हजार दुई सयबाट दुई हजार चार सय मिटरसम्मको उचाइमा किबीखेती गर्न सकिने कृषिविज्ञ बताउँछन् । यस वर्ष त्यस क्षेत्रमा परीक्षणका रुपमा खेती गरिने र राम्रो उत्पादन लिन सके थप क्षेत्र विस्तार गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस