धादिङ: नेपाल निर्माण व्यवसायी संघ धादिङकाे छैटाैं साधारणसभा तथा चाैथाे अधिवेशनले रमेशकुमार श्रेष्ठकाे अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेकाे छ । अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष रमेश कुमार श्रेष्ठले निर्माण व्यावसायीहरुसंग मिलेर, व्यावसायीहरुकाे हक अधिकार रक्षाका लागि काम गर्ने प्रतिवद्धता जनाउनु भएकाेछ । लामो समय देखि निर्माण ब्यबसायमा काम गर्दै आएका तथा निर्माण ब्यबसायीहरुको हकहितमा काम गर्दै आएका रमेशकुमार श्रेष्ठले नेपाल निर्माण व्यवसायी संघ धादिङको नेतृत्व सम्हालेका हुन् ।
अधिवेशन उद्घाटन गर्दै नेपाल निर्माण व्यवसायी संघका निवर्तमान केन्द्रीय सदस्य नारायण कुमार श्रेष्ठले सरकारी कामकाजकाे ढिलासुस्तीले निर्माण व्यवसायीहरु बदनाम भएकाे धारणा राख्नुभयाे । दाेहाेराे, तेहाेराे करले पनि निर्माण व्यावसायीहरुकाे ढाड सेकेकाे बताउँदै श्रेष्ठले सरकारले निर्माण व्यावसायीहरुकाे मर्का बुझ्नुपर्ने बताउनुभयाे । कार्यक्रममा संघका निवर्तमान काेषाध्यक्ष भुवन त्रिपाठीले निर्माण व्यावसायीहरु फुटेर हैन जुटेर काम गर्न आग्रह गर्नुभयाे ।
नाना कन्स्ट्रक्सन प्रालि तथा माेनालिसा कन्स्ट्रक्सनका रमेश कुमार श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, अधिवक्ता टंककुमार श्रेष्ठ, अधिवक्ता रामचन्द्र भट्ट, निर्माण व्यावसायी राजेन्द्र अधकारी लगायतले आआफ्ना धारणा राख्नुभएकाे थियाे । सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा गणणेशकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रमेश कुमार गाैली, महासचिवमा राजेन्द्र अधिकारी, सचिवमा केशव गजुरेल र काेषाध्यक्षमा पदमबहादुर श्रेष्ठ निर्वाचित हुनुभएकाे छ । त्यसैगरी सदस्यहरुमा धर्मराज लाेहनी, गापिलाल श्रेष्ठ, गणेश श्रेष्ठ, रामलाल श्रेष्ठ, कमल सिलवाल, बाबुकृष्ण श्रेष्ठ, दिनेशराज कँडेल, बासुदेव जम्कट्टेल र सिंहबहादुर तामाङ निर्वाचित हुनुभएकाे छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस