काठमाडौँ-नेपालमा पनि विदेशमा जस्तै सवारी साधनहरू भाडामा दिने व्यावसायिक रेन्टल कम्पनी स्थापना भएको छ ।
नेपालका नौ जना युवा उद्यमीहरू मिलेर काठमाडौंको सिनामंगलमा नाइन नेपाल प्रालि नामक कम्पनी खोलेका छन् । तीन करोड रुपैयाँको लगानीमा स्थापना भएको उक्त कम्पनी एक साताभित्र सुरु गरिने कम्पनीको निर्देशक सन्तु श्रेष्ठले बताए ।
काम सुरु गर्न १५ वटा नयाँ मारुती सुजुकी डिजायर कार खरिद गरिसकेको र थप २० वटा जीप लगायतका गाडीहरू पनि अर्डर गरिसकेको जनाइएको छ |
आवश्यकता अनुसार कार जिप, बस, भ्यान आदि खरिद गर्दै एक वर्षभित्र १०० वटा सवारी साधनहरू भाडामा दिनका लागि खरिद गरिने जानकारी पनि श्रेष्ठले दिए । यो सेवाले मानिसहरूमा आवश्यकताभन्दा बढी गाडी राख्ने चलन हट्दै जाने अपेक्षा व्यवसायीहरूको छ ।
कहिलेकाहीँ प्रयोगका लागि समेत थप गाडी राख्दा एक त ह्रासकट्टी हुने र गाडीको मूल्य घट्दै जाने, ड्राइभरलाई तलब खुवाइरहनुपर्ने आदि झन्झटबाट उपभोक्ताहरू मुक्त हुने दाबी पनि उनीहरूको छ ।
विदेशबाट आउँदा सकेसम्म आफन्तको गाडी प्रयोग गरे दुःख दिन नचाहने र थोत्रा ट्याक्सी पनि चढ्न नचाहनेहरूको आवश्यकतालाई महसुस गरेर यो नयाँ व्यवसाय सुरु गरेको उनीहरूको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस