काठमाडाैं- पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौंदेखि कर तिरेको छैन ।
दमक नगरपालिका ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको हिमालय–महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता छ ।
गणतन्त्र स्थापनापछि स्थानीय स्वायत्त शासन ऐनको अधीनमा रही यो बगानलाई पनि एकीकृत सम्पत्ति कर लागू भएको थियो । तर, बगानले हालसम्म कर नतिरेको दमक नगरपालिकाको राजस्व शाखाले जानाएको छ ।
चिया बगानको व्यवस्थापन हाल सोल्टी ग्रुपले गर्दै आएको छ । हिमालय–महालक्ष्मी टी गार्डेन प्रालिले सञ्चालन गरेको चिया बगानभित्र काठका धेरै संरचना छन् । जहाँ पूर्वराजपरिवारले प्रयोग गर्ने गरेको ‘मिनी दरबार’ पनि छ । यो दरबारमा पूर्वराजा ज्ञानेन्द्र प्रत्येक वर्ष आउने गर्छन् ।
गत बुधबार पनि उनी बगानमा आएका थिए । हिमालय–महालक्ष्मी टी गार्डेनलाई दमक नगरपालिकाले कर तिर्न पटक–पटक ताकेता गरेको छ, तर उठाउन सकेको छैन । ‘हामीले पटक–पटक ताकेता गरेका छौँ । धेरैपटक पत्र काटेका छौँ,’ मेयर रोमनाथ ओली भन्छन्, ‘यहाँ गार्डेनमा भएका कर्मचारीसँग कुरा गर्दा ठूलो रकम छ, हामीले सक्दैनौँ, माथि भन्नुपर्छ भन्छन् । नगरपालिकाले पूर्वराजालाई चिन्दैन । यो त कम्पनीको नाममा छ । हामी कम्पनीलाई मात्रै चिन्छौँ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस