बेझाड- पाल्पामा यस वर्ष सुन्तला उत्पादन बढेको छ । अनुकूल मौसम, खेती विस्तार र बगैँचा सुधार गरेका कारण सुन्तलाको उत्पादन बढेको हो । उत्पादन बढेपछि कृषक यो व्यवसायमा हौसिएका छन् ।
जिल्लामा २० हजार ८०० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । यस वर्ष छ हजार ९७५ मेट्रिक टन सुन्तला उत्पादन भउको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
खेर गइरहेको पाखो पखेराका जमिन, फुर्सदको समय र थोरै लगानीमा पनि सुन्तला खेतीबाट राम्रो आम्दानी लिन यहाँका कृषक सफल भएका छन् ।
सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि शिक्षण पेशा छाडेर रैनादेवी छहराका कमल घिमिरे अहिले सुन्तला खेती गर्दै छन् । सुन्तला बिक्रीबाट वार्षिक रु १० लाख देखि १५ लाखसम्म आम्दानी गर्दै आएको उनि बताउछन ।
‘सुन्तलाको बजार मूल्य पनि राम्रो छ, धेरै रेखदेख गर्न नपर्ने, खाली रहेका जग्गामा सुन्तला लगाएर मनग्य आम्दानी गर्न सकिँदो रहेछ’, घिमिरेले भने । शिक्षण पेशाभन्दा सुन्तला व्यवसाय नै राम्रो लागेको उनको भनाइ थियो । जिल्लाको रैनादेवी छहराको अमलाबास, पूर्वखोलाको जल्पा, निस्दीको गल्धा, बगनासकालीको खानिछाप, रिब्दीकोटको मैनादी सुन्तलाका मुख्य पकेट क्षेत्र हुन् । एउटै टोलबाट रु ७० देखि ८० लाखको सुन्तला बिक्री हुने गरेको छ ।
सुन्तलाको बजार सहज र लगानी पनि धेरै गर्न नपर्ने, सानो लगानीमा एउटै बोटमा राम्रो उत्पादन लिन पाइने भएपछि गाउँघरमा सुन्तला खेतीमा युवाको आकर्षण बढ्दो रहेको कृष्णविष्णु कोइराला बताउछन । पछिल्लो समय पाल्पामा प्रमुख नगदेबालीको रुपमा सुन्तला खेती स्थापित हुँदै गएको छ ।
जिल्लामा विभिन्न स्थानमा सुन्तला पकेट क्षेत्र कायम गरी सुन्तलाको व्यावसायिक उत्पादन भइरहेको छ । स्थानीय तहका कृषि शाखा, कृषि ज्ञानकेन्द्र र सुन्तला जात फलफूल विकास केन्द्रको सहयोग पाएपछि वर्षेनी सुन्तला उत्पादक कृषक थपिँदै जाँदा उत्पादन बढेको हो ।
गुणस्तरीय बिरुवा, कृषकलाई समय समयमा तालीम, प्राविधिक सहयोग गरेपछि उत्पादन बढेको सुन्तला जात विकास केन्द्र पाल्पाका प्रमुख बोमबहादुर थापाले बताए । ‘कृषकको बगँैचामा पुगेर प्राविधिक सेवालगायतका विभिन्न सहयोग गरिरहेका छौँ, हिजोआज कृषकले आम्दानीतर्फ ध्यान दिन थालेकाले उत्पादन बढ्दैछ’, थापाले भने । कृषि ज्ञानकेन्द्र पाल्पाले जिल्लामा सुन्तला कागतीको मिसन कार्यक्रम शुरु गर्दैछ । सुन्तला खेतीलाई विस्तार गरी कृषकको आयस्रोत बढाउन सुन्तला कागती मिसन कार्यक्रम शुरु गरेपछि उत्पादन झन बढ्ने कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउछन ।
‘सुन्तलाको लागि राम्रो क्षेत्र रहेकाले कृषकले व्यावसायिक खेती गरेर राम्रो कमाइ गर्न सक्छन्, सुन्तला मिसन कार्यक्रम शुरु भएपछि कृषकको आयस्रोत अझ बढ्नेछ’, प्रमुख अर्यालले भने । जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम तानसेन, बुटवल, पोखरालगायतका ठाउँमा बिक्री हँुदै आएको छ । कृषकले प्रतिकिलो रु ६० देखि ७० को हाराहारीमा सुन्तला बिक्री गरिरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस