काठमाडौँ-ज्येष्ठ नागरिकको ज्ञान, सीप, अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले स्थानीय तहमा ‘ज्येष्ठ नागरिक ज्ञान हस्तान्तण केन्द्र’ स्थापन गरिने भएको छ।
प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकले सो प्रावधानसहित ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ (पहिलो संशोधन) विधेयक, २०७५ लाई समितिबाट सर्वसम्मतिले पारित गरी सङ्घीयसभामा पेश गर्ने निणर्य गरेको छ।
राष्ट्रियसभामा उत्पत्ति एवं प्रक्रियाबमोजिम प्रतिनिधिसभामा सन्देशसहित टेबल भएको र प्रतिनिधिसभाको यही जेठ १३ गतेको बैठकबाट दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सभाको निणर्यबमोजिम समितिमा प्राप्त हुन आएको सो ऐनमा छलफल पश्चात् आवश्यक संशोधनसहित समितिको बैठकले सर्वसम्मतिले पारित गरी सभामा पेश गर्ने निणर्य गरेको हो।
सो ऐनअनुसार स्थानीय तहले ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या देखिएमा निजका सन्तान वा नजिकको हकवालाको आर्थिक आम्दानी वा हैसियत वा उपार्जनको अवस्था पहिचान गरी निश्चित रकम मासिकरूपमा सम्बन्धित ज्येष्ठ नागरिकको खातामा जम्मा गर्न लगाउन सक्नेछ। ऐनमा भनिएको छ, “राज्यले ज्येष्ठ नागरिकको सेवा सुविधा उपलब्ध गराउने प्रयोजनका लागि सम्बन्धित स्थानीय तहले ज्येष्ठ नागरिकको विस्तृत विवरण अद्यावधिक एवं वर्गीकरण गर्नुपर्नेछ।”
समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिकसम्बन्धी विज्ञको सल्लाह र सुझावका आधारमा पटकपटकको छलफलपछि मात्रै समितिले पारित गरी सो ऐनलाई सभामा पठाउने निणर्य गरिएको बताइन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस