ठिनी-मुस्ताङका कृषकहरुले यस वर्ष २७ हजार स्याउका बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनसँग माग गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन मुस्ताङका प्रमुख माधव लम्सालले पचास प्रतिशत अनुदानमा बिरुवा वितरण गरिने जानकारी दिए।
प्रति बिरुवा रु. १,१५० पर्ने हाई डेन्सिटी पाल्ट कृषकलाई प्रतिबिरुवा रु. ५७५ मा र प्रति बिरुवा रु. ७० पर्ने रेड डेलिसियस जातको स्थानीय स्याउ प्रतिबरुवा रु. ३५ मा वितरण गरिने कार्यालयले जनाएको छ। २७,००० बिरुवाको माग भएकामा १५,००० हाई डेन्सिटी पाल्ट र १२,००० रेड डेलिसियस स्थानीय जातको स्याउको बिरुवा वितरण गरिने छ।
मुस्ताङको स्याउले बजार र उचित मूल्य पाउन थालेसँगै कृषकहरु स्याउ खेतीप्रति आकर्षित भएका छन्। मुस्ताङको लेते, घाँसा र कुञ्जो बाहेकका क्षेत्रमा व्यावसायिक स्याउ खेती हुन्छ। जिल्लाभर एक हजार ५०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा सात सय हेक्टरमा उत्पादन हुन्छ। मुस्ताङमा मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रले स्याउलगायत फलफूल र तरकारीको बिरुवा तथा बिउ उत्पादन गर्दै आएको छ।
यतिबेला मुस्ताङका कृषकहरु स्याउको बगैँचाको व्यवस्थापनमा जुटेका छन्। स्याउ बगैँचा व्यवस्थापनका लागि कृषकको मागअनुसार स्याउ जोन कार्यालयले औजार, विषादी, नीलोतुथो, स्प्रे, चुना, सर्व आयल, हाते ट्र्याक्टर, ढुवानीका लागि प्याक, स्याउ व्यवस्थापन सामग्री आदिमा सहयोग गर्ने स्याउ जोन सञ्चालक समितिका संयोजक जयेन्द्र थकालीले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस