चरिकोट-गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले संरक्षण क्षेत्रका वन्यजन्तुले क्षति पुर्याएका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ। दोलखाको गौरीशङ्कर गाउँपालिका र विगु गाउँपालिकाका किसानलाई संरक्षण क्षेत्रका वन्यजन्तुले पुर्याएको क्षतिको आधारमा रकम उपलब्ध गराएको हो। संरक्षण क्षेत्रअन्तर्गत बसोबास गर्ने विगु र गौरीशङ्कर गाउँपालिकाका नौ किसानलाई रु एक लाख चार हजार क्षतिबापतको रकम भुक्तानी गरेको छ।
विगु गाउँपालिका वडा नम्बर १ लामाबगरका मेनमाया तामाङले र,रु २३ हजार गौरीशङ्कर गाउँपालिका-९ गौरीशङ्करका आइतीमाया तामाङले रु १७ हजार, गौरीशङ्कर गाउँपालिका-५ सुरीका नेत्रबहादुर खड्काले रु नौ हजार, सोही वडाका दिनेश खड्काले रु १० हजार, गौरीशङ्कर गाउँपालिका-८ खारेका अर्जुन बुढाथोकीले रु १० हजार र सोही वडाका टलकबहादुर तामाङले रु १५ हजार तथा साङवीर तामाङले रु पाँच हजार क्षतिबापतको रकम पाएका छन्।
अधिकांश किसानको संरक्षण क्षेत्रभित्र रहेका चितुवाले पशु चौपायामा क्षति पुर्याएको र क्षतिबापतको रकम किसानलाई उपलल्ध गराइएको गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाका आयोजना प्रमुख सत्यनाराण शाहले बताए।
गौरीशङ्कर संरक्षण क्षेत्रमा लोप हुन लागेका धेरै प्रजातिका जीवजन्तुको बास स्थान भएको र वन्यजन्तुले किसानलाई क्षति पुर्याएमा संरक्षण क्षेत्रले क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउने भएको हुँदा सबैले वन्यजन्तुको संरक्षण गर्न संरक्षण प्रमुख साहले आग्रह गरे। हालै गौरीशङ्कर संरक्षण क्षेत्रले गरेको अध्ययनमा २१ संरक्षित वन्यजन्तुमध्ये सात प्रजातिका वन्यजन्तु यस संरक्षण क्षेत्रमा रहेको प्रमाण फेला पारेको छ। हिउँचितुवा, ब्वासो, रेडपाण्डा, कस्तुरी मृगजस्ता महत्वपूर्ण जनावर संरक्षण क्षेत्रमा रहेको संरक्षण क्षेत्रले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस