वालिङ-स्याङ्जाका १० गाउँलाई ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ’ छनोट गरी कार्यक्रम सञ्चालन गरिएको छ। गण्डकी प्रदेश सरकारले शुरु गरेको नमूना कृषिगाउँ अभियानअन्तर्गत गत वर्ष जिल्लाका पाँच गाउँमा कार्यक्रम सञ्चालनमा थियो भने चालू आर्थिक वर्षमा पाँच गाउँ थप गरिएका नमूना कृषिगाउँ कार्यक्रम व्यवस्थापन एकाइका सदस्य कृषि अर्थविज्ञ नारायण पाठकले बताए।
स्याङ्जामा गत वर्ष मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँमा छनोट भई कार्यक्रम सञ्चालन भएका गाउँमा बिरुवा गाउँपालिका-२ को श्रीडाँडा अर्चले, फेदीखोला गाउँपालिका-२ को तल्लो कुडुले, फेदीखोला गाउँपालिका-१ को रामकोट, भीरकोट नगरपालिका-८ को ओकादी र चापाकोट नगरपालिका-५ को सीमगाउँ छन्। सोही कार्यक्रमका लागि पुतलीबजार नगरपालिका-१२ को चन्द्रकोट, आँधीखोला गाउँपालिका-४ को सेपत, गल्याङ नगरपालिका-७ को पेलाकोट, वालिङ नगरपालिका-५ को पित्लेक र कालीगण्डकी गाउँपालिका-२ को लसर्घाबेँसी चालू आर्थिक वर्षका लागि छनोट भएका छन्।
स्याङ्जाका अर्जुनचौपारी गाउँपालिका र हरिनास गाउँपालिकामा नमूना कृषिगाउँ कार्यक्रम सञ्चालन गर्न बाँकी छ। वालिङ- ५ पित्लेकमा रहेको जनकल्याण कृषि सहकारी चालू आवमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँका लागि छनोट भएको सहकारीका व्यवस्थापक हुमनाथ लामिछानेले बताए। नमूना कृषिगाउँका लागि कम्तीमा पनि ५० घरधुरी अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ। कृषिगाउँ कार्यक्रम सहकारीमार्फत वा सहकारी नभएका गाउँमा सामूहिक भेला तथा तदर्थ समिति गठन गरी सोहीमार्फत कार्यक्रम सञ्चालन गरिने ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ’ कार्यक्रमको प्रावधानमा उल्लेख छ।
प्रदेशको कृषि क्षेत्रको दिगो विकासका लागि स्थानीय साधन र स्रोतको व्यवस्थापन गर्दै उत्पादकत्व वृद्धि गर्ने, उत्पादित वस्तुलाई गुणस्तरीय बनाउने मुख्य उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले नमूना कृषिगाउँ कार्यक्रम सञ्चालन गरेको अर्थविज्ञ पाठकले बताए। गण्डकीका ११ वटै जिल्ला ३६ नमूना कृषिगाउँ रहेकामा चालू आवमा सङ्ख्यालाई दोब्बर बनाउँदै ७२ पुयाइएको कृषि अर्थविज्ञ उनले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस