काठमाडौं – नेपालको पासपोर्ट विश्वकै कमजोर भएको सूचीमा सूचिकृत भएको छ । सबैभन्दा कमजोर पासपोर्ट भएका देशको सूचीमा नेपाल ७ औं स्थानमा छ ।
नेपालको पासपोर्ट ३८ वटा देशमा मात्रै काम लाग्ने हेन्ले पासपोर्ट इन्डेक्समा उल्लेख गरेको छ । नेपालसँगै सूचीमा प्यालेस्टाइन टेरिटोरीको पासपोर्ट पनि छ ।भिसा लाग्ने, निशुल्क भिसा, अवातजावतमा सहजताका हिसाबले सूची तयार पारिन्छ ।
सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तानको छ । उसको पासपोर्ट २६ वटा देशमा मात्रै काम लाग्छ भने इराकको २८ वटा देशमा, सोमलिया र पाकिस्तानको ३२ वटा देशमा, यमनको ३३ वटा देशमा र लिवियाको ३७ वटा देशमा काम लाग्छ ।
दक्षिण एसियामा बंगलादेशको पासपोर्ट ४१ देश, श्रीलंकाको पासपोर्ट ४२ देश, भूटानको ५३ वटा देश, भारतको ५८ वटा देशमा, मालदिभ्सको ८५ वटा देशमा काम लाग्छ ।
त्यस्तै, सबैभन्दा बलियो पासपोर्टमा जापानको छ । जापनको १९१ वटा देशमा पासपोर्ट काम लाग्छ । भने दोस्रो नम्बरमा सिंगापुरको पासपोर्ट १९०, जर्मनी र दक्षिण कोरियाको पासपोर्ट १८९, फिनल्याण्ड र इटलीको पासपोर्ट १८८ र डेनमार्क, लक्जेम्वर्ग र स्पेनको पासपोर्ट १८७ वटा देशमा चल्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस