काठमाडौं – तनहुँ हाइड्रोपावरले नेपाल इन्भेष्टमेन्ट बैंकको २ अर्ब रुपैयाँ डुबाएको छ । इन्भेष्टमेन्ट बैंक तनहुँ हाइड्रोको ठेकेदार इटालियन कम्पनी सीएमसीको काउन्टर ग्यारेन्टी बसेको थियो ।
ठेकेदार कम्पनी सीएमसी नेपाल छाडेर भागेपछि बैंकले काउन्टर ग्यारेन्टी बापतको रकम प्रोभिजनिङ गरिसकेको छ । ठेकेदार सीएमसीले काम नगरेपछि तनहुँहाइड्रोले काउन्टर ग्यारेन्टी बसेको इन्भेस्टमेन्टबाट करिव २ अर्ब रुपैयाँ काउन्टर ग्यारेन्टी जफत गरेको थियो ।तनहुँ हाइड्रोले काउन्टर ग्यारेन्टी जफत गरेपछि सीएमसीले इटालीको कोर्ट अफ बलोनमा मुद्धा दायर गरेको थियो ।
तर, इटालीको जिल्ला अदालतले तनहुँ हाइड्रकोको पक्षमा भनई ठेकेदार सीएमसीको पक्षमा फैसला गरेको छ । अदालतको यस्तो फैसलासँगै बैंकको २ अर्ब रुपैयाँ डुब्ने निश्चित भएको हो ।काउन्टर ग्यारेन्टी बापतको रकम तनहुँ हाइड्रोले जफत गरेपछि इन्भेष्टमेन्ट बैंकले सो बराबरको प्रोभिजनिङ गरेको छ । जसले बैंकको नाफा ह्वात्तै घटाएको छ ।
बैंकको नाफा घट्दा गत वर्षको नाफाबाट सेयरधनीले एक दशकयताकै कम लाभांश पाएका छन् भने सञ्चालकहरु प्रमुख कार्यकारी अधिकृत ज्योति पाँडेसँग तीब्र असन्तुष्ट जनाएका छन् । आगामी केही महिनाभित्रै सीइओ पाँडेको कार्यकाल सकिँदैछ ।
बैंक बिगारेको भन्दै उनको कार्यकाल थप नगर्ने तयारीमा सञ्चालक समिति रहेको एक सञ्चालकले जानकारी दिए । बैंकका लगानीकर्ताहरुले पनि व्यवस्थापनप्रति रोस प्रकट गर्दै आएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस