दाेलखा-भीमेश्वर नगरपालिका–८ बोचमा १५ करोड लगानीमा सुरु गरिएको गाई फार्म अलपत्र छ। ६ सय क्षमताको दक्षिण एसियाकै ठूलो भन्दै ८ वर्षअघि सुरु गरिएको फार्ममा अहिले न गाई छन्, न सञ्चालक नै सम्पर्कमा छन्।
फार्मकै लागि भनेर ६ वटा सामुदायिक वनको करिब ३ हजार रोपनी वन पनि फाँडेर स्वाहा पारिएको छ। नेपाल डेरी उद्योग संघका पूर्वअध्यक्ष एवं कालिञ्चोक काउफार्म एन्ड रिसर्च सेन्टरका प्रमुख रामकुमार खड्काले सरकारी सहयोगमा खोलेको गाई फार्म अलपत्र छाडेर सम्पर्कविहीन छन्।
दैनिक डेढ लाख लिटर दूध उत्पादन गर्ने लक्ष्यसहित ०६८ देखि काम सुरु गरिएको रिसर्च सेन्टरले फार्मलाई अलपत्र छाडेको हो। यो फार्म काठमाडौंबाट एक सय २० किलोमिटरको दूरीमा पर्छ।फार्ममा बनेका अधिकांश संरचना अलपत्र छन्। पब्लिक प्राइभेट पार्टनरसिप पद्धतिबाट सुरु गरिएको गाई फार्ममा सरकारको करिब ८ करोड लगानी छ।
गाईपालनका लागि अत्याधुनिक गोठ बनेका छन् । ती गोठको भुइँ, छाना र भित्तामा काठको फ्लोरिङ ओच्छ्याइएको छ। घना जंगल मासेर भव्य कटेज बनेका छन्। ठूला रूख काटेर घाँस खेतीका लागि बारी बनाइएका छन्।बारीमा आलु रोपेर रिसर्च सेन्टरका खड्काले आफ्नो लगानी सुरक्षित गरेको स्थानीयको आरोप छ। अन्तिम चरणमा पुगेको गोठ चार वर्षअघिको भूकम्पले क्षति पुर्याएको थियो। भूकम्पले पुर्याएको क्षतिपछि फार्मको पुनर्निर्माण भएको छैन।अहिले गाई फार्ममा १० वटा बाख्रा, ३ वटा कुकुर र एक जना कुरुवाबाहेक केही देखिँदैन। फार्म कुरेर बसेका विश्व तामाङले गाई आउँछ भनेर फार्म कुरेको बताए।
मुडे/चरिकोट राजमार्गको हलहलेबाट करिब ५ किलोमिटर पहुँचमार्गसहित फार्ममा करिब ११ करोड लगानी भइसकेको बताइन्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस