काठमाडाैं-सेयर बजार भनेको प्राविधिक विषय भएकोले जसरी लगानी गरेपनि संस्थाको नेटवर्थ कति छ बुझेर लगानी गर्न धिताेपत्र बाेर्डका नवनियुक्त प्रमुख भिष्म ढुङ्गानाले लगानीकर्तालाइ सुझाव दिएका छन्। संस्था कसरी सञ्चालन भइरहेको छ, अण्डर भ्यालुएड सेयर हो कि ओभर भ्यालुएड सेयर हो त्यसमा ध्यान दिनुपर्छ,’ उनले भने ।
आफुले लगानी गर्ने संस्थाको टेक्निकल र फण्डामेन्टल एनलाइसिस गर्ने र त्यसको मूल्य कति तिर्दा ठिक हुन्छ, र कति तिर्दा मलाई फाइदा हुन्छ भन्ने कुरामा ध्यान दिन सुझाव दिए ।
यसको लागि बोर्डले ठाँउ ठाँउमा वित्तीय साक्षरताका कार्यक्रम गर्ने पनि जानकारी गराए । कुनै लगानीकर्ताले आफूलाई यस्तो खालको ज्ञान चाहियो भनेर आएको खण्डमा बोर्डले ३० जनाको कक्षा नै चलाउने बताए ।
अध्यक्ष ढुंगानाले अहिलेको समय लगानीकर्ताले लगानी गर्ने बताए । ढुंगानाले नेप्से परिसूचक १८ सयबाट अहिले साढे १२ सय बिन्दुमा आएको भन्दै १८ सय बिन्दुको तुलनामा अहिले लगानी गरेर बढी फाइदा हुने बताए । बजारमा उतारचढाव हुनु स्वभाविक भएको भन्दै उनले लगानीकर्तालाई संयमित भएर लगानी गर्न सुझाए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस