घोराही-तेरौटेका ३० वर्षीय मणिराज पुन हिजोआज जिल्लामै सफल च्याउ कृषकका रुपमा चिनिएका छन्। अरूले गर्दै आएको च्याउ खेतीभन्दा फरक तरिकाले उनले प्राविधिक रुपमा कठिन मानिएको गोबे्र अर्थात् डल्ले च्याउ उत्पादन गरिरहेका छन्।
उनका अनुसार माटो, मल र बीउको मात्रा नमिलाए गोब्रे च्याउ उम्रिँदैन। उम्रिए पनि फक्रिँदैन, कुहिन्छ र डढेर नष्ट पनि हुन्छ। च्याउलाई तरिका पुर्याएर तथा जोगाएर उमार्न अप्ठेरो भए पनि अहिले उनले ग्राहकको मागलाई धान्नका लागि भए पनि मेहनेत गरेर गोब्रे च्याउ खेती गरिरहेका छन्। उनले आफ्नो घर, गोठ, घरछेउमा छाप्राछाप्री बनाएर पनि गोब्रे च्याउको खेती गर्दै आएका छन्। बजारबाट डल्ले च्याउको माग अत्यधिक बढेपछि आफूले सोही च्याउको खेती शुरु गरेको बताउछन।
सामाजिक सञ्जाल चलाउँदै गर्दा सञ्जालमा च्याउ खेतीसम्बन्धी केही भिडियो देखेपछि उनले त्यसलाई खोज्दै गए। च्याउ खेती के कसरी हुदो रैछ भनी आफै पत्ता लगाउने प्रयास गरे। च्याउ व्यवसाय गर्न सकिन्छ कि भनेर परिवारको सल्लाहअनुसार काठमान्डौ पुगेर च्याउखेतीको तालीम पनि लिए। उनी भन्छन, “च्याउसम्बन्धी तालीम लिन जाँदा जिल्लामा च्याउ खानुपर्छ भन्ने सोचसमेत बासिन्दामा थिएन।” उनले आफैँ तालीम लिए। एक्लै खेती शुरु गरे र बेच्न पनि आफैँ गए। त्यसताका २३/२४ वर्षको ठिटो डोको बोकेर बजारमा च्याउ बेच्न जाँदा सबैले खिसी गरेको उनि सुनाउछन।
“यो उमेरको मान्छेले पनि डोका बोकेर च्याउ बेच्न आउने भन्दै सबैजसो हाँस्नेहरु भेटिए”, उनि भन्छन, “निरन्तर बेच्न गएपछि च्याउका छुट्टै उपभोक्ता बने।” केही यस्ता व्यक्ति पनि भेटिए जसले उनको मन राख्न दैनिक एक पाउ भए पनि च्याउ किनिदिए। एक दिन नदेखे किन नआएको भन्दै प्रश्न गर्ने गर्न थाले । क्रमशः च्याउका उपभोक्ता बढे र युवा व्यवसायी पुनको खोजी हुनथाल्यो, च्याउको बजार पनि बढ्न थाल्यो।
उनले अहिले दैनिक ४० देखि ६० केजीसम्म च्याउ बिक्री गरिरहेका छन् । उनले उत्पादन गर्ने गोब्रे (डल्ले) च्याउको मूल्य प्रतिकेजी रु ५०० छ भने कन्ने च्याउ रु २०० मा बेचिरहेका छन्। उनले अहिले आफ्नो घर, गोठमा च्याउ उत्पादन गरिरहेका छन्। उनले एउटा ठूलो टहरासमेत निर्माण गरेका छन्। अब दैनिक १०० केजी च्याउ बेच्ने उनको लक्ष्य छ । उनक्को च्याउ प्यूठान र रोल्पा पनि पुगिरहेको छ। उनि भन्छन, “जति उत्पादन गरे पनि बजारको माग धान्नै सकिँदैन।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस