काठमाडाैं-चर्चित ‘नक्कली भ्याट बिल प्रकरण’मा सर्वोच्च अदालतले भाटभटेनीलगायतका आधा दर्जन कम्पनीहरूले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छलेको ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले यसअघि राजस्व न्यायाधीकरणले गरेको फैसलालाई सदर गरेको हो ।
न्यायाधीकरणले विभिन्न कम्पनीहरुले नक्कली भ्याट बिल प्रयोग नगरेको भन्ने दाबीलाई अस्विकार गरेको थियो । सोही फैसलालाई सर्वोच्चले सदर गरेको हो ।आन्तरिक राजस्व विभागले २०६७ सालमा नक्कली भ्याट बिल प्रकरण सार्वजनिक गरी कर तथा जरिमाना निर्धारण गरेकाे थियाे । विभागले निर्धारण गरेको कर प्रक्रियामा चित्त नबुझाएपछि व्यवसायीहरू राजस्व न्यायधिकरण गए । न्यायाधीकरणले विभिन्न कम्पनीहरुले नक्कली भ्याट बिल प्रयोग नगरेको भन्ने दाबीलाई अस्विकार गरेपछि उनीहरू सर्वोच्च पुगेका थिए । तर, सर्वोच्चले पनि न्यायाधीकरणकै फैसलालाई सदर गरेको हो ।
भाटभटेनी सुपरमार्केटलगायत अरुण इन्टरकन्टिनेनटल ट्रेडर्स, महेश बानिया शंकर अक्सिजन ग्यास प्रालि र एआइटी प्रालीले नक्कली भ्याटबिल प्रयोग गरेको ठहर गरेको छ ।सर्वोच्चबाट कसुर ठहर भएका कम्पनीले विभागबाट निर्धारण भएअनुसार कर र सोमा लाग्ने ब्याज जरिमानासहितको रुकम तिर्नुपर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस