काठमाण्डौ-लगातारको हिउँदे वर्षाले बालीनाली राम्रो हुने आशले महोत्तरीका किसान हर्षित भएका छन्।
लगातारको वर्षाले जाडो बढाएर बाटोघाटो हिलाम्य भए पनि फसल (बाली) राम्रो हुने आशले यहाँका किसानमा खुशी छाएको छ। पानी परी रहेपछि जाडो बढाउनसँगै बाटोघाटो हिलाम्य भएर हिँड्डुल गर्न त सकस बढेको छ। महिनैपिच्छे परेको हिउँदे वर्षाले बालीनाली भने राम्रो फस्टाछ । महोत्तरीसहित मध्यपूर्वी तराईमा मङ्सिर यता तीनपटक राम्रो वर्षा भएको छ। गहुँ छर्न चिस्यान नभएर छट्पटाइएका बेला मङ्सिर यता पानी पर्दा किसान हर्षित भएका हुन्। त्यसपछि पुस तेस्रो साता र हिउँदमा तीनपटक पानी परी सकेको छ हिउँदे बालीलाई चाहिँदो चिस्यान भएपछि राम्रो उब्जने छ।
यसपालि मङ्सिर, पुस तेस्रो साता र माघमै राम्रो वर्षा भएपछि दलहन (अरहर, बदाम, मुसुरो र केराउसहितका कोसेबाली), उखु, गहुँ र फलफुल (आँप, लिची, सपाटो, रूखकटहरसहित) लाई राम्रो चिस्यान भएको किसानको ठहर छ। अनुकूल वर्षाले बालीनाली राम्रो भएपछि अन्य आइपर्ने दुःख सामान्य झैँ हुने किसान बताउँछन्।
महोत्तरीमा करीब ७२ हजार हेक्टर खेतीपातीयोग्य जग्गामध्ये १० प्रतिशतमात्र स्थायी सिँचाइ (कुलो, नहर लाग्ने) जग्गा छ। धेरैजसो जग्गामा आकासेपानीकै भरको खेती गर्नुपर्दा ठीक समयमा परेको पानी किसानलाई अमृत बर्सेजस्तै हुने गरेको छ।
मङ्सिर निगल्दो (अन्तिम साता) यता माघ पहिलो साताभित्र यसपालि ४० दिनभित्र तीनपटक माटो गालेर पानी परेको छ। पछिल्लो पटक परेको पानीले त कैयौँ सडक हिलाम्य भएका छन्। यद्यपि जिल्लाका किसान भने सडक हिलाम्य वर्षाले नभई आफ्नै प्रतिनिधिको लापर्वाही र उदासीनताले भएको बताउँछन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस