ललितपुर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जमीन भरिँदै गएको अवस्थामा अब हवाईमार्ग, स्थलमार्गका साथै रेलमार्गको उत्तिकै प्रयोग हुन जरुरी भएको बताएका छन् ।
उद्योग मन्त्रालय, नेपाल इन्टरमोडल यातायात विकास समितिले आज यहाँ आयोजना गरेको ‘२३आँै वार्षिकोत्सव तथा रसद २०७६ विमोचन कार्यक्रम’मा उनले यी विभिन्न माध्यम अपनाउन मुलुकले आफ्नो राज्यभित्र आन्तरिक व्यवस्थापन मिलाउनुका साथै मित्र राष्ट्रसँग पनि सो कुराको व्यवस्थापनमा मजबुत सम्बन्ध बनाउन अति नै जरुरी रहेकामा जोड दिए ।
सो अवसरमा उद्योग राज्यमन्त्री मोतीलाल दुगडले वैदेशिक व्यापारलाई सहजीकरण गरी अघि बढ्दा नेपाललाई फाइदा हुने बताएका छन् । उनले भने, “भारतको सिमानादेखि चीनसम्म पुग्ने विकल्प खोज्न जरुरी छ ।” समितिका सभापति वैकुण्ठप्रसाद अर्यालले विगतमा भएको समितिको भूमिका हाल समयानुसार परिवर्तन हुँदै आएको बताए ।
उनले भने, “भारतसँग भएको जलमार्ग निर्माण सहमतिको दायरा अहिले थपिएको छ । अब समितिले व्यापारजन्य पूर्वाधार निर्माणमा सहजीकरण गर्न, मुलुकमा रहेका अन्न भण्डारण गोदाम बढाउन, गुणस्तरीय यातायातको सुविधा बढाउन, कार्गाेलाई सुरक्षित बनाउन आवश्यक रहेको छ ।” समितिले हाल भारतीय पक्षसँग व्यापारको लागत घटाउने विषयमा छलफल गरिरहेको अर्यालले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस