काठमाडौ-भन्सारमा कर्मचारीहरु जान नचाहेको भन्सार विभागले दावी गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै विभागले सो बताएको हो। पहिले भन्सारमा कर्मचारी सरुवा हुन चाहन्थे तर अहिले भन्सारमा कर्मचारीहरु जाने चाहना नराख्ने विभागले दावी गरेको छ। विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले पत्रकार सम्मेलनमा नै कर्मचारीहरु भन्सारमा आउन नचाहेको स्पष्ट पारे।
उनले भने,‘१२०० को दरवन्दी रहेको भन्सारमा अहिले ११३० जना मात्र छन्। विभाग अन्तर्गतका सम्पुर्ण कार्यालयहरु क्यासलेस छन्। भने सबै कारोबार आइटि बेसमा गइसकेकोले सिधै भन्सार विभागले नै हेर्न सक्नेगरी प्रणाली जडान गरिएको छ। सायद यही एक कारण हुन सक्छ कर्मचारी भन्सारमा आउन नचाहेको। ’
भन्सार विभागका प्रमूख दाहालले भएकोले ९९.८ प्रतिशत भन्सार कार्यालयहरुमा कामहरु आशिकुडा वल्ड नामक सफ्टवेयरको प्रयोग भएको र यसले सम्पुर्ण काम कारबाहीहरु पारदर्शी र रियल टाइममा केन्दिीय कार्यालयहरुले हेर्न सक्ने व्यवस्था भएको दावी गरे। त्यस्तै उनले भन्सार विभाग डिजिटल पेमेन्टमा पनि जान लागेको र यसका लागि नेपाल राष्ट्र बैंक डिजिटल पेमेन्ट प्रदान गर्ने संस्था, अर्थमन्त्रालय र भन्सार विभागले काम थालेको पनि सपष्ट पारे।
भन्सार कार्यालयहरुमा ९०.८२ भन्सार कारोबार मुल्यमा मुल्यांकन हुने गरेको भन्सार विभागले दावी गरेको छ। गत बर्ष पनि ८८.८२ वटा कारोबार मुल्यमा नै गरिएको विभागले स्पष्ट पारेको छ। तर व्यापारी व्यवसायीहरुले भने भन्सारमा अहिलेसम्म पनि कारोबार मुल्यमा नै भन्सार मुल्यांकन नगरी रिफरेन्स रेटको आधारमा मुल्यांकन गरिदा व्यवसायीहरु मर्कामा पर्ने गरेको गुनासो गरिरहेका छन्।
२०५४ सालमा राखिएको रिफरेन्स रेटको आधारमा भन्सार मूल्यांकन हुने गरेको छ, जसका कारण हामी समस्यामा परेका छौ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने, यदी कारोबार मुल्यको आधारमा भन्सार मुल्य कायम गरे व्यापारी व्यवसायीहरुलाई सहज हुनेथियो। विश्व बजारमा नेपालका भन्सारमा राखिएको रिफरेन्स रेट भन्दा धेरै बढी मूल्य तिरेर सामग्री त्र्यिाउनुपर्छ भने इलेक्ट्रोनिक क्षेत्रका सामग्रीहरु जस्तै मोवाईल, ल्यापटप सोही ब्रान्डको भएपनि सो समयभन्दा कम मुल्यमा नेपालमा भित्रने गरेका छन् तर भन्सारका कर्मचारीले भने सो मुल्य भन्दा कममा ल्याएको भनेर मुल्य बढाउन बाध्य पारेका छन् जसका कारण व्यापारी व्यवासायीहरुले लागत मुल्य भन्दा बढीको भन्सार कर बुझाउनुपरेको गुनासो सर्वत्र गरिरहेका छन्।
विभागले शुक्रबार पत्रकार सम्मेलन गरी ९.४४ प्रतिशतको समस्या ओभर भ्यालुएसनको भएको तर ति सबै समस्याहरु विभागको मार्ग निर्देशन अनुसार समाधान भएको जिकिर गरेको छ। भन्सार विभागका प्रमुख सुमन दाहालले ओभर भ्यालुएसन गरिएको ९.४४ प्रतिशत मध्ये ०.३ प्रतिशत मात्र मुद्धामा जाने पत्रकार सम्मेलनमा जानकारी दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस