काठमाण्डौ-आगामी फागुन पहिलो सातादेखि सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आयोजना हुने भएको छ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घ र भीमदत्त नगरपालिकाको संयुक्त सहकार्यमा फागुन ७ देखि १७ गतेसम्म पर्यटन महोत्सव हुन लागेको हो। मेला ब्यबस्थापनका लागि १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।
लगानी अवसरको सिर्जना गर्ने, सहकारी, वित्तीय क्षेत्र तथा बैंकिङ क्षेत्रका सेवा र सुविधाको प्रदर्शनी, कृषि पेशालाई व्यावसायिकरुपमा उन्मुख गराउन सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना हुन लागेको सङ्घले जनाएको छ। महोत्सवमा लघु उद्यम प्रदर्शनी, अटो प्रदर्शनी, गार्मेन्ट उत्पादन, कृषि प्रदर्शनी वैकल्पिक ऊर्जा, पर्यटन प्रवद्र्धन, गुणस्तरीय दैनिक उपभोग्य वस्तु तथा सांस्कृतिक कार्यक्रम आकर्षणका रुपमा रहने छन्।
सङ्घले महोत्सवका लागि स्वागत तथा सत्कार, सुरक्षा व्यवस्थापन, प्रदर्शनीकक्ष छनौट र प्रायोजक समिति, सचिवालय एवं प्रचारप्रसार, सांस्कृतिक तथा बाल उद्यान समिति आर्थिक तथा महिला उद्यम समिति गठन गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस