काठमाडौं-बैंक तथा वित्तिय संस्थाहरुबाट औद्योगिक क्षेत्रमा प्रबाह हुने कर्जा २.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षलाई आधार बनाएर गरेको अध्ययन अनुसार बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २७.१ प्रतिशतले वृद्धि भई १० खर्ब ४४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा औद्योगिक कर्जा २५ प्रतिशतले बढेको थियो ।
कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । कुल औद्योगिक कर्जामध्ये खानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ७९.४ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम निर्माण सम्बन्धी उद्योगमा २१.० प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, उत्पादन सम्बन्धी उद्योगमा २६.४ प्रतिशत, विद्युत, ग्याँस र पानी सम्बन्धी उद्योगमा ३७.४ प्रतिशत, धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उद्योगमा २२.५ प्रतिशत र पर्यटन उद्योग सेवा सम्बन्धी उद्योगमा ३५.३ प्रतिशतले कर्जा प्रवाह वृद्धि भएको छ |
औद्योगिक कर्जामध्ये खानी सम्बन्धी उद्योगमा ०.८ प्रतिशत, उत्पादन सम्बन्धी उद्योगमा ४४.५ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा २८.१ प्रतिशत, विद्युत, ग्याँस र पानी सम्बन्धी उद्योगमा ११.४ प्रतिशत, धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उद्योगमा ३.६ प्रतिशत र पर्यटन उद्योग सेवा सम्बन्धी उद्योगमा ११.६ प्रतिशत प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
औद्योगिक कर्जामध्ये काठमाडौँ क्षेत्रको अंश ५९.६ प्रतिशत, विराटनगर क्षेत्रको ११.२ प्रतिशत, जनकपुर क्षेत्रको २.० प्रतिशत, वीरगञ्ज क्षेत्रको ९.६ प्रतिशत, पोखरा क्षेत्रको ५.४ प्रतिशत, सिद्धार्थनगर क्षेत्रको ७.३ प्रतिशत, नेपालगञ्ज क्षेत्रको ३.० प्रतिशत र धनगढी क्षेत्रको १.८ प्रतिशत रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस