काठमाण्डौ-रुकुमपूर्वका युवा पछिल्लो समय तरकारी खेतीमा आकर्षित हुँदै गएका छन्। जिल्लाको सिस्ने गाउँपालिका-५ का टाकुरा, ह्याप्ला, दुधिल्लागैरा वडा नं ६ का पाखागाउँ, दाङ्चा, ढकालबारा, लुस्पालगायतका विभिन्न ठाउँमा तरकारी खेती गरेर युवाले मनग्ये आम्दानी लिइराखेछन्।
सिस्ने गाउँपालिका-५ का प्रकाश बिसी र विमल बिसीले बेमौसमी तरकारी खेतीबाट आम्दानी लिएको जानकारी दिए। उनिहरु सहोदर दाजुभाइ हुन्। दाजुभाइहरुले तरकारी खेतीबाटै वार्षिकरूपमा रु. ६ देखि ७ लाखसम्म आम्दानी गर्दै आएका छन। विसं २०६३ बाट शुरु गरेको तरकारी खेतीलाई ती दाजुभाइले निरन्तरता दिँदै आएका छन। बारीमा बन्दा, काउली, टमाटर, लसुन, प्याज, सागलगायतका तरकारी उत्पादन गर्दै आएका छन। अहिले पनि बारीमा टमाटर लटरम्म फलेको छ। त्यसैगरी प्याज, मुला, सागलगायतका तरकारी छन्।
पछिल्लो समय रुकुमकोट रुकुमपूर्वको सदरमुकाम बनेपछि उत्पादित तरकारी सबै खपत हुने गरेको छ। उत्पादित सबै तरकारी बजार लग्नुपर्ने बाध्यता छैन। तरकारी खोज्दै मानिसहरु घरमै किन्न आउँछन्। अर्गानिक तरकारी उत्पादन गर्ने भएकाले मानिसले उत्पादन गरेको तरकारी सबैले मन पराउने गरेको पाइएको छ।
सिस्ने गाउँपालिका-६ की सुगन्धा मल्लले छ रोपनी जग्गामा तरकारी खेती गर्दै आएकी छिन। मल्लले तरकारी खेतीबाट मात्रै वार्षिक रु ५ देखि ६ लाखसम्म आम्दानी गर्दै आएकि छिन्।। तरकारी मात्र नभएर मल्लले विभिन्न प्रकारका बिरुवा पनि उत्पादन गर्दै आएकि छिन। पछिल्लो चरणमा रुकुमकोटमा विस्तार हुदै गरेको बजार, बढिरहेको जनसङ्ख्याले गर्दा बजारको समस्या नरहेको बताएकी छिन। तरकारी बिक्रीका लागि बजारको चिन्ता छैन ग्राहक बारीमै पुगेर ताजा तरकारी लिने गरेका छन्।
रुकुमकोटमा उत्पादित तरकारी अहिले रुकुमकोट उपत्यकामै खपत हुने गरेको छ। जिल्लामा विषादी प्रयोग अझै नभित्रिएकाले युवाले गरेको अर्गानिक तरकारी उत्पादन सबैको रोजाइमा पर्ने गरेको छ। यहाँका युवाले प्रदेशको लगानीबाट तरकारी खेती गरिरहेका छन्। कतिपयले आफ्नै लागानीबाट पनि तरकारी खेती गरिरहेका छन्। प्रदेश सरकारले अनुदान उपलब्ध गराएपछि आफू कृषिमा होमिन उत्साहित भएको सिस्ने गाउँपालिका वडा नं-५ की रत्ना बिसीले बताईन। तरकारी उत्पादनमा युवाहरु आकर्षण भए विभिन्न रोगले उनीहरुलाई आतङ्कित बनाउने गर्दछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस